को को छन नेकपामा वेरोजगार नेताहरु



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ता हाँकेको ९ महिना नाघिसकेको छ । ९ महिना १ हप्ताको अवधिमा सरकारले सिन्कोसम्म भाँचेन । आश्वासनका खोला बगाएको छ । चन्द्रमामा भर्याङ हाल्ने योजना प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका छन् ।

 

तर उनले विद्यमान समस्या समाधानका लागि दर्जनौं निर्देशन दिनानुदिन दिन्छन् तर काम हुन्न । उनी आफू नै सबै काम गर्छु भनेर अनुगमन गरिरहेका छन् एपमार्फत ।

 

तीतो यथार्थ के हो भने उनी आफू सकुन्जेल दैनिक १८ घण्टा भाषण गर्दै हिंडे । बाहिर जान नसक्ने भएपछि अब प्रधानमन्त्री निवासमै बसेर एप खोले ।

 

केटाकेटीको खेल जस्तै भइरहेछ अहिलेको सरकारको गतिविधि । यतिसम्मकी उनले आफ्नै पार्टीका नेताहरुलाई विश्वासमा लिन सकेका छैनन् । उनीहरुलाई पार्टीदेखि सत्ता सञ्चालनसम्मको कुनै पनि काम दिन सकेका छैनन् ।

 

वेरोगगार भएपछि अहिले विष्फोट भइरहेको छ । नेकपाका नेताहरु छट्पटाएका छन् । काम नपाएर विद्रोहको अवस्थामा पुगेका छन् ।

 

केही दिनअघि नेकपाका २१ केन्द्रीय सदस्यले काम नपाएको भन्दै ज्ञापन पत्र नै पार्टीलाई बुझाए । केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरे ।

 

त्यसपछि पनि केही भएको छैन । ओली र अर्का पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो मुद्दाप्रति वास्ता नै गरेनन् र वेरोजगारहरु झन् एक्लिने अवस्था पुगेको छ ।

 

वामदेवले थापे काँध 

२१ जना सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले भने साथ दिएका छन् । बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् ।

 

गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्यूरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णुप्रसाद पौडेलमार्फत अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएका माग पन्छाउँदै पहिले पोलिटब्यूरो गठन कि केन्द्रीय सदस्यको कार्य विभाजन भन्नेमा शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

 

त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान राखेका थिए ।

 

विना काम के को अरिंगाल
कुनै पनि जीवलाई अस्तित्वमा रहन काम गर्नुपर्छ । प्रकृतिसंग घुलमिल हुनुपर्छ । तर कामविहीन र मेहनतविहीन भएपछि त्यो स्वत बिलाएर जान्छ । डाइनोसर जस्तो जीव त अस्तित्वमा रहन सकेन भने अरुको के कुरा ।

 

पार्टी एकीकरण केन्द्रमा भयो । जनप्रतिनिधि भागबण्डामा भयो । तर त्यसबाहेक नेकपामा केही हुन सकेन । भाका सरेको सर्यै छ । अस्तित्वमा रहनका लागि शीर्ष नेताहरु संघर्षरत छन् । शक्ति हत्याउने प्रयासमा छन् । त्यसैले त उनीहरु सजिलै एकीकरण गर्न मानिरहेका छैनन् ।

बस् अध्यक्ष ओली नेता तथा कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गरिरहेका छन् । अरिंगाल अर्थात् कुनै विपक्षी आयो भने डसिहाल्ने । टोकिहाल्ने र त्यसलाई निस्तेज पार्ने ।

 

प्रश्न यहाँनेर छ – अरिंगाल पनि पहिले अस्तित्वमा रहनु पर्यो । उसले पनि उड्न पखेटा चलाउन पाउनु पर्यो । त्यस्तै भएका छन् नेकपाका नेताहरु । संघीय सांसद एवं केन्द्रीय सदस्यहरुले त बिजनेस काम पाएका छैनन् भने अरुको हालत के होला ।

 

अरिंगाल अब विपक्षीतिर हैन स्थायित्व र अस्तित्वमा रहनका लागि आफ्नै नेतातिर खनिएका छन् । अहिले त सचेतमात्र गरिरहेका छन् । भोलिका दिनमा नटोक्लान् भन्न सकिन्न ।

 

यसको सुरुवात वरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए । तिनै नेपाल निकटहरुको बाहुल्य २१ जनाभित्र छ । यो सुरुवात मात्र हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...