कांग्रेस कार्यालयमा भित्र बैठक, बाहिर घर्ना



 

नेपाल विद्यार्थी संघले १२औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसंघले ११औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दबाब दिएको हो ।

 

पार्टीले नेविसंघसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसंघका नेता दीपक भट्टराईले बताए । ‘दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसंघको १२औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो,’ भट्टराईले भने ।

 

नेविसंघका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसंघको विधान मिच्ने काम गरेकाले आफूहरू धर्ना बस्नुपरेको बताए ।

 

नेविसंघको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १ गते बसेको बैठकले नेविसंघको समयावधि दुई महिना थप गरेको छ ।

 

यही मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुन लागेको कांग्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ ।

देउवामाथी कोइराला परिवारका चार आरोप, देउवाको जवाफ ‘ए बाबा ! मिल्दैन के गरु ?’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथी कोइराला परिवारका चार आरोप छन् । निर्वाचनमा अन्तरघात गर्नेलाई किन कारवाही भएन ?, पार्टीको विधान विपरित बिजकुमार गच्छदारलाई उपसभापति किन बनाइयो ?, पार्टीभित्रको झगडा मिलाउन र पार्टीलाई एकढिक्का बनाउन देउवा किन किन सकेनन् ? संसदमा सशक्त प्रतिपक्षको भूमिका खेल्न देउवाले किन सकेनन ?

 

सभापति देउवा र कोइराला परिवारले लगाएका आरोपहरुमा देउवाले गतमंगलबार सजिलै जवाफ दिए । अन्तरघातका बिषयमा देउवाले भने ‘चुनावमा भएको अन्तर्घातका कारण कतिपय ठाउमा जित्ने र हार्ने नेताहरूबीच बोलचाल नै बन्द भएको छ।

 

पार्टीमा आन्तरिक प्रजातन्त्र छ तर आन्तरिक प्रतिस्पर्धाले बोलचाल नै बन्द भइसक्यो। एउटाले जिते अर्कोले हार्छ नी । जित्ने र हार्नेबीच बोलचाल नै छैन।’ देउवाले अन्तघात गर्ने र गराउने दुवै दोषि भएको तर आफु दोषि नभएको बताए ।

 

देउवामाथी लाग्ने गरेको दोस्रो आरोप छ–पार्टीको विधान विपरित गच्छदारलाई उपसभापति किन बनाइयो ? देउवाले यसमा पनि सरल जवाफ दिएका छन् । ‘आफनो पार्टीभित्रको कुरा होइन यो दुइटा पार्टी मिलेको कुरा हो।

 

विधानमा कहाँ छ यो ? यो राजनितिक निणर्य हो । देउवाले राजनीतिक निर्णयलाई बिद्यानमा खोज्न नसकिने बताए । आफ्नो निर्णयको बचाउ गर्दै देउवाले गच्छदारलाई उपसभापति बनाउने आफ्नो निर्णय सही भएको जिकिर गरे ।

 

देउवामाथी पार्टी एकढिक्का नगराएको गुट र उपगुटमा कांग्रेस विभाजन भएको आरोप खेपिरहेका छन् । यसको जवाफ उनले रमाइलो पारामा दिए– परिवार, वडा, गाउँ र जिल्ला हुँदै देश मिल्नु झन् राम्रो हो’ देउवाले भने ‘कोइरालाहरूको झगडा मिल्यो रे, अब पार्टी भित्रको झगडा पनि सकिन्छ कि ?’

 

कोइराला परिवार मात्र नभई कांग्रेस बाहिरका बुद्धिजिवीले समेत प्रतिपक्षको भूमिका कमजोर भएको बताउन थालेका छन् । ‘कहाँ छ कांग्रेस’ भन्दै बुद्धिजीवीहरुले एक साताअघि प्रज्ञा प्रतिस्ठानमा कार्यक्रम नै गरे । यसको जवाफ पनि देउवाले विराटनगरमै दिए । ‘एमाले जसरी डेढ महिना संसद अवरुद्ध गरेमात्र सशक्त भूमिका हुन्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने ‘कांग्रेस जिम्मेवार प्रतिपक्ष हो, अराजक हुन सकिँदैन ।’

 

कांग्रेस केन्द्रीय समिति बैठक सुरुः विधान मस्यौदा पेस हुँदै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा सुरु भएको छ । आइतबार बिहान ८ः३० बजे बैठक बोलाइए पनि दुई घण्टा ढिला गरी बैठक सुरु भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

बैठकमा महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेस गर्ने कार्यक्रम रहेको छ ।

 

लमो समयदेखि मस्यौदामा जुधिरहे पनि सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गर्ने छन् ।

 

पदाधिकारी र संसदीय समितिको संख्याका साथसाथै चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यता लगायतका विषयमा मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिमै दफावार छलफल हुनेछ ।

 

महामन्त्री खड्काले विधानको मस्यौदा पेस गरेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइने छ । यससंगै फेरि केही दिन मस्यौदा पढ्नका लागि सदस्यहरुले समय पाउने छन् । त्यसपछिमात्र फेरि केन्द्रीय समितिको बैठक बस्ने र निरन्तर छलफल हुने जनाइएको छ ।

 

अब हरेक बैठक पार्टीको महासमिति बैठक केन्द्रीत हुनेछ । महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म बस्नेछ । यसअघि मंसिर ५ देखि गर्ने तय भएकामा तयारी नपुगेको भन्दै कार्तिक २० गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको थियो । महासमिति बैठक अगाडि नै विधानको टुंगो लगाउन काँग्रेस प्रयत्नरत छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल