अामाले दोस्रो बिहे गरेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा



हाम्रो इकोनोमि

 

पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोले बाँधेर राखिएका छन्। हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच वर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन्। उनका बुवा बुवा आशिकराम वैदेशिक रोजगारीमा छन्।

 

उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ। उनले दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन्। नसकेपछि उनी रुँदै चिसो भुइँमा लडिबुडी गर्छन्। बच्चाको मानसिक सन्तुलन ठीक नभएकाले बाँधेर राख्नुपरेको हजुरबुवा र हजुरआमा बताउँछन्।

 

‘आमाले छाडेपछि बच्चा रेखदेख गर्ने कोही छैन’, हजुरआमाले भनिन्, ‘बच्चालाई बाँधेर हामी बूढाबूढी काममा निस्किन्छौं।’ रातको समयमा पनि बाँधेरै राख्ने गरिएको उनले सुनाइन्। दाम्लो खोले बच्चा जथाभावी कुद्ने र जे पायो त्यही खाने उनको भनाइ छ।

 

बच्चाको आङ ढाक्ने कपडासमेत छैन। उनी बाँधेकै ठाउँमा फोहोर गर्छन्। उनलाई चिसो भातको डल्ला खान दिने गरिएको छ। बायाँ हातले टिपेर खपाखप खान्छन्। ‘थालमा दिएको भात बच्चाले खाँदैन’,

 

हजुरआमाले प्लास्टिकमा भातको डल्ला राखिदिँदै भनिन्, ‘भुइँमा दिएको मात्र खान्छ।’ मित्रहाङ बोल्न सक्दैनन्। उनी चिच्याउँछन् अनि रुन्छन्। कसैले खानेकुरा दिए खपाखप खान्छन्।

 

अढाई वर्षको हुँदा आगोमा परेपछि नातिको मानसिक सन्तुलन गुमेको हजुरआमाको दाबी छ। ‘नातिको उपचार गर्न सकेनौं’, उनले भनिन्, ‘आमाले छाडेपछि हेरचाह गर्ने पनि कोही भएन।’

 

धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा पनि अवस्था नसुध्रिएको उनले सुनाइन्। ‘अब त माया नै मारिसक्यौं’, उनले भनिन्। उपचार गर्नुको साटो धार्मिक शक्तिपीठ र गुरुकहाँ पु¥याइएको परिवारको भनाइ छ।

 

यो घटना सार्वजनिक भए गाउँको इज्जत जाने भन्दै स्थानीय अग्रजले ढाकछोप गर्न खोजेका थिए। यसबारे आफूले थाहा नपाएको गाउँपालिका अध्यक्ष अमर माखिमले बताए। ‘यस्तो कुरा मलाई थाहा थिएन’, अध्यक्ष माखिमले भने, ‘अहिले बालकलाई बाँधेर राखेको देखियो। सबै मिलेर उनको उद्धार गर्नुपर्छ।’

 

राष्ट्रपतिलाई १८ करोडको गाडीका लागि पशुपतिनाथ मन्दिर परिसरमा भिख माग्दै

 

राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै केही युवाहरुले राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन्।जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन्।

 

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन्।शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसंग एक एक रुपैया भिख मागेका हुन्।

 

१८ करोड रुपैयाको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन्।

 

युवाहरुले पशुपतिबनकालि क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसंग भिख मागेका थिए ।युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर वा उठेको सबै पैसा राष्ट्रपति कार्यालयलाई बुझाउने बताए।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...