कर्मचारीलाई खुशीको खबर, सरकारले दोब्बर बनायो जीवन विमा रकम



 

कर्मचारी समायोजनको चर्चाले अन्योलमा परिरहेका कर्मचारीहरुलाई एउटा नयाँ खबर आएको छ ।

 

सरकारले सरकारले निजामति कर्मचारीहरका लागि गरिने सावधिक जीवन बीमा दोब्बर बनाएको छ । सरकारले कर्मचारीको सावधिक जीवन बीमा सञ्चालन कार्यविधि–२०७५ स्वीकृत गरेसँगै एक लाख मात्र रहेको यो रकम दोब्बर बनाएको हो । सरकारले यसअघि साउनमा बिमांक रकम बढाउने निर्णय गरेको थियो ।

 

सरकारले सामूहिक सावधिक जीवन बीमा कार्यक्रम अन्तर्गत वार्षिक प्रिमियम रकम बढाउँदै बिमाङ्क पनि बढाएको छ ।

 

नयाँ कार्यविधिअनुसार कर्मचारीले महिनामा ४ सय रुपैयाँ जम्मा गर्नेछन् त्यसमा सरकारले ४ सय रुपैयाँ थप गरेर नागरिक लगानी कोषमा रकम जम्मा हुनेछ । २० वर्षे बीमा योजनामा कर्मचारीले २ लाख रुपैयाँ पाउने छन् ।

 

कर्मचारीको सामाजिक सुरक्षालाई बलियो बनाउने भन्दै सरकारले २०६३÷०६४ सालदेखि यो योजना शुरु गरेको थियो ।

 

यसमा निजामति कर्मचारी, शिक्षक, प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीका कर्मचारीहरु सहभागी हुनेछन् । यसअघि २÷२ सय गरी कूल चार सय रुपैयाँ जम्मा हुँदै आएकोमा कार्यविधि बनेर स्वीकृत भएसँगै यो कार्यक्रम लागू भएको हो ।

 

माथिल्लो तामाकोशीको ६ हजार निवेदन रद्द, मंगलबार शेयर बाँडफाँट, कम्तिमा ४० कित्ता सबैले पाउने

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा शेयरका लागि दिइएको ६ हजार निवेदन रद्द भएका छन् । एउटै आवेदकले दोहोर्‍याएर निवेदन दिएपछि रुजुपछि ६ हजार निवेदन रद्द गरिएको हो ।

 

अब माथिल्लो तामाकोशीले आगामी साताको मंगलबार शेयर बाडफाँट गर्ने जनाएको छ । यसअघि निष्काशन भएको शेयरमा आवेदन दिएकाले पनि पुनः दोहोर्‍याए आवेदन दिएपछि तामाकोशीको शेयर ढिला गरी बाँडफाँट हुन लागेको हो ।

 

बिक्री प्रबन्धक नागरीक लगानी कोषका मर्चेन्ट बैंकिङ विभाग प्रमुख रोशनजंग कार्कीले बिक्री प्रबन्धक र कम्पनीको बिहिबार बसेको बैंठकले आगामी साताको मंगलबार सेयर बाँडफाँट गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

 

हालसम्म जाँच बुझ गर्दा ६ हजार जतिको आवेदन रद्द भएको उनले बताएका छन् । अन्तिम रुजुका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पुर्‍याएको उनले जानकारी दिए । कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गरेको थियो ।

 

तेस्रो चरणमा निष्काशन गरिएको यस शेयरका लागि ३ लाख ४६ हजार १६६ जनाको ६ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । यसअघि कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि शेयर निष्काशन गरिसकेको छ ।

 

कृषि ज्ञानकेन्द्रमा न त काम छ, न तलब नै

प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रका लागि सरकारले कार्यक्रम र बजेटको व्यवस्था नगर्दा त्यहाँ कार्यरत कर्मचारी अन्योलमा परेका छन् ।

 

कार्यक्रम र बजेट केहीको अख्तियारी नआएकै कारण काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हेर्ने गरी काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना भएको कृषि ज्ञानकेन्द्र यतिबेला सुनसान जस्तै बनेको छ ।

 

कार्यालयको संरचनाअनुसार कार्यालय प्रमुखसहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा करीब दुई हप्तादेखि १३ जना कर्मचारी हाजिर भइसकेको भए पनि कार्यक्रम नहुँदा कार्यालय आउने हाजिर गर्ने र फर्कने गर्नुपरेको कर्मचारी बताउँछन् ।

 

कार्यालय प्रमुख, सात जना अधिकृत, तीन जना प्राविधिक सुब्बा, एक जना लेखापाल, एक जना खरिदार, तीन जना कार्यालय सहयोगी र एक जना चालकको गरी १७ जनाको दरबन्दी रहेको छ ।

 

जसमध्ये अहिले तीन जना अधिकृत र एक जना खरिदार गरी चार जनाबाहेक १३ जना कर्मचारी दैनिक कार्यालय आउने र हाजिर गरेर फर्कने गरिरहेका छन् ।

 

जिल्ला कृषि विकास कार्यालयबाट कृषि ज्ञान केन्द्रमा परिवर्तन भएपछि पहिलो कर्मचारीका रुपमा दैनिक कार्यालय सञ्चालन गर्दै आउनुभएका लेखापाल अखिल खड्काले अहिलेसम्म कार्यक्रम पनि नआएको र अख्तियारी केही नआएका कारणले सबै अन्योलमा रहेको बताउनुभयो ।

 

“कार्यक्रम नहुँदा कार्यालय आउने हाजिर गर्ने र फर्किनेबाहेक केही भएको छैन”, खड्काले भन्नुभयो । कार्यक्रम र बजेट नहुँदा दैनिक प्रशासनिक खर्च र तलब खानसमेत नपाएको उहाँको भनाइ छ ।

 

मङ्सिर लाग्दा पनि तलब नआएको हुनाले धेरै समस्या ब्यहोरिरहेको अधिकृत थर्क जिसी बताउनुहुन्छ । तलब खान नपाउँदा विशेष गरी बाहिरबाट आउने कर्मचारीलाई धेरै समस्या भइरहेको छ ।

 

“प्रथम चौमासिकको कार्यक्रम अहिलेसम्म कुनै पनि गर्न पाइरहेको छैन, कार्यक्रम नहुँदा न त काम छ, न त तलब नै, खासगरी प्रशासनिक खर्च र तलब भत्ता नदिँदा कर्मचारी ठूलो मर्कामा परेका छन्” । संविधानको सङ्घीय संरचनाअनुसारको नयाँ कार्यालय भएकाले हाललाई कुनै पनि कार्यक्रम छैन ।

 

कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले अहिले नियमितरुपमा गर्ने काम साल्ट टे«डिङ कम्पनीमा किसानलाई मलखादको सिफारिश, कृषि सामग्री कम्पनीमा बीउबिजन र बिक्रेताको नवीकरण गर्नुपर्ने र विषादी बिक्रेताको नवीकरण जुन नियमितरुपमा गर्नुपर्ने काममात्रै गर्दै आएको बताउनुभयो ।

 

बाहिर किसानका बीचमा गर्नुपर्ने कार्यक्रम भने कुनै पनि शुरु नभएको उहाँको भनाइ छ । कार्यक्रम र बजेट नभएका कारण कृषि ज्ञानकेन्द्रमा काम गर्ने आफूलगायत सबै कर्मचारीले साउनदेखि तलबसमेत खान नपाएको कार्यालय प्रमुख अधिकारीले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।