भारतीय महिलालाई नेपाली नागरिकता दिने को हो कांग्रेस नेता चिनौँ सबैले



 

नेपाली कांग्रेसका नेता प्रकाश खडकाले भारतीय महिलालाई नेपाली नागरिकता दिलाएको तथ्य फेलापरेको छ । त्रियुगा नगरपालिकाका वडा अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका नेता खडकाले आर्थिक प्रलोभनमा परी भारतीय महिलालाई नेपाली नागरिकता दिलाएका हुन ।

 

प्रहरीका अनुसार खड्काको सिफारिसमा भारतीय महिला लजिना खातुनले नेपाली नागरिकता पाएकी छन । खातुनले नेपाली नागरिकता पाएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेपछि यो तथ्य बाहिर आएको हो ।

 

छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान समेत लिइएको छ । झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय नागरिक लजिनाले नेपाली नागरिकता लिएकी थिइन् ।

 

भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ बर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जजमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाको सिफारिसमा नेपाली नागरिकता दिइएको हो । स्थानीय प्रशासनले यस बिषयमा छानविन अघि बढाइएको बताएको छ ।

 

जुटेन्न् कांग्रेस विधानमा सहमति: विकल्पसहित केन्द्रीय समितिमा पेस गर्ने तयारी

नेपाली कांग्रेसको नयाँ विधानमा राख्ने प्रावधानबारे केही मूल विषयमा सहमति नजुट्दा विकल्पसहितको मस्यौदालाई विधान समितिले पार्टीको केन्द्रीय समितिमा बुझाउने तयारी गरेको छ ।

 

हाल विधान समितिले मुलुकको नयाँ संरचनाअनुसार केन्द्रदेखि मतदान केन्द्रसम्मको विधान तयार पारिरहेको छ । विधानमा केन्द्रमा रहने पदाधिकारी संख्या, पदाधिकारीको निर्वाचन प्रक्रिया, विभिन्न विभागको गठन, सभापतिको अधिकारसहित सदस्यता वितरण र विशेष अवस्थाको व्याख्याबारे सहमति जुट्न सकेको छैन ।

 

सो बारे जानकारी लिन कांग्रेसले ९ मंसिरका लागि केन्द्रीय समिति बैठकसमेत डाकेको छ । सो बैठकमा विधान समितिले विधानको मस्यौदासमेत बुझाउनेछ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले विधानमा राख्ने प्रावधानका केही विषयमा समान धारणा नभएकाले केन्द्रीय समितिमा सो बारे छलफल हुने जनाए ।

 

‘विधानमा राख्ने प्रावधानका विषयमा अन्तिम सहमति हुन बाँकी छ, विभिन्न विकल्पसहितका प्रावधानहरू आएका छन्, अब केन्द्रीय समितिमा विकल्पसहितको मस्यौदा आउँछ र त्यहीँ छलफल हुन्छ,’ उपसभापति निधिले भने ।

 

विधान समितिका प्रवक्ता रमेश लेखकले विधानमा समावेश गर्ने केही विषयमा अघिल्ला बैठकहरूमा केही फरक कुरा आएको जनाए ।

 

‘विधानमा खासगरी सदस्यता वितरण र पदाधिकारीका विषयमा केही फरक धारणा आएका छन्, अबको बैठकबाट हामी त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छौं,’ प्रवक्ता लेखकले भने । विधान समितिको बैठक तिहारयता बस्न सकेको छैन ।

 

सभापति शेरबहादुर देउवा निकट नेताहरू विधानमा सभापतिलाई बलियो बनाउने गरी पदाधिकारी संख्या बढाउने र केही पदाधिकारी निर्वाचनमार्फत र केही मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्नुपर्ने पक्षमा छन्।

 

यस्तै संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला समूह भने निर्वाचन प्रक्रियामार्फत नै पार्टीका सबै पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छन्। विधान समितिका सदस्य प्रदीप पौडेलले पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समिति तथा विशेष अवस्थाको व्याख्याका विषयमा कुरा नमिलेको जनाए ।

 

‘पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समितिसहित विशेष अवस्थाको व्याख्याबारे कुरा मिल्न बाँकी छ,’ नेता पौडेलले भने । उनले बिहीबार बिहान ११ बजेका लागि समितिको बैठक बोलाइएको समेत जानकारी दिए ।

 

केन्द्रीय समितिको आकारका विषयमा भने लगभग सहमति जुटिसकेको छ । जसअनुसार कांग्रेस केन्द्रीय समिति १२५ सदस्यीय हुने लगभग टुंगिएको छ ।

 

कांग्रेसभित्रको संस्थापन पक्ष संसदीय समितिसमेत मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्ने पक्षमा छ भने संस्थापनइतर पक्ष संसदीय समिति निर्वाचनको टिकट बाँड्ने समिति भएकाले महŒवपूर्ण हुने भन्दै निर्वाचन प्रक्रियामार्फत नै चयन गर्ने गरी विधानमा व्यवस्था गरिनुपर्ने पक्षमा छ ।

 

नयाँ विधानमा वरिष्ठ नेतासहित पदाधिकारी संख्या १० जना रहने गरी प्रस्ताव आएको छ भने केहीले पदाधिकारी संख्या बढाउन नहुने धारणा राखिरहेका छन् । तर निर्वाचित र मनोनीत पदबारे भने तय भएको छैन । यसैगरी, पार्टीको केन्द्रीय समिति पनि १२१ देखि १३१ सम्म रहने गरी प्रस्ताव गरिएको थियो । हाल कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय छ ।

 

यस्तै केन्द्रीय समितिमा सबै निर्वाचित गर्ने वा १५ प्रतिशत मनोनीत गर्ने भन्ने विकल्पसमेत आएको छ । संसदीय समितिमा बढी जसो निर्वाचित र केही मनोनीतको प्रस्ताव आएको छ ।

 

यसैगरी, अनुशासन समितिमा संयोजकसहित केही सदस्य निर्वाचित गर्ने वा मनोनीत गर्ने भन्ने प्रस्ताव छ । यस्तै सदस्यता वितरण पुरानै राख्ने कि फरक व्यवस्था अपनाउने भन्नेमा समेत फरक धारणा आएका छन् ।

 

पार्टीको संरचनासमेत मतदान केन्द्र कमिटीदेखि केन्द्रीय समितिसम्म गरी आठ तह प्रस्ताव गरिएको छ । सबैभन्दा तल्लो तहमा मतदान केन्द्र कमिटी, गाउँपालिका नगरपालिका वडा कमिटी, स्थानीय तह कार्यसमिति, प्रादेशिक क्षेत्रीय समिति, संघीय क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी नयाँ खाका तयार गरिएको छ ।

 

शीर्ष नेतालाई जिल्ला नजान निर्देशन
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई केही दिन जिल्ला नजान निर्देशन दिएका छन् ।

 

उनले विधानका विषयमा केन्द्रीय समितिमा छलफल गरेर जतिसक्दो छिटो विधानको मस्यौदालाई अन्तिम रूप दिनुपर्ने भएकाले समयलाई ध्यान दिँदै केही दिन जिल्ला नजान भनेका हुन् । बुधबारको अनौपचारिक बैठकमा नेताहरूबीच ९ गते केन्द्रीय समिति बैठक बस्ने, सो बैठकमा विधान समितिले विधानको मस्यौदा बुझाउने र दुई दिन केन्द्रीय सदस्यहरूलाई अध्ययन गर्न दिएर १२ मंसिरबाट केही धारणा भए राख्न समय दिइने सहमति भएको छ ।

 

त्यसपछि २० देखि २१ मंसिरसम्म विधानसहितका सबै विषयलाई टुंग्याएर विभिन्न दस्तावेजहरू प्रकाशन गरिने र २८ मंसिरदेखि ३ पुससम्म हुने महासमिति बैठकमा सबै विषयलाई लैजाने सहमति भएको हो ।महासमितिमा विधानबाहेक राजनीतिक दस्तावेज, आर्थिक दस्तावेज, महामन्त्रीको सांगठनिक दस्तावेज र कोषाध्यक्षको अर्थनीतिसम्बन्धी दस्तावेज प्रस्तुत गरिनेछ ।

 

बुधबारको अनौपचारिक बैठकमा सभापति देउवासहित, वरिष्ठ नेता रामचन्द्र पौडेल, विधान समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्कासहितका अन्य केही शीर्ष नेता सहभागी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल