पत्नी सीताको उपचारका लागि गृहमन्त्रीसहित म्याग्दी पुगे प्रचण्ड



 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सोमबार बिहान म्याग्दीको तातोपानीमा पुगेका छन् । पत्नी सीता दाहालसहित अध्यक्ष प्रचण्ड तातोपानी पुगेका हुन् ।   पत्नी सीताको उपचारको क्रममा चिकित्सकको सल्लाहमा अध्यक्ष प्रचण्ड परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुग्नुभएको श्रोतले बताएको छ ।

 

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । सोही विश्वासका कारण मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

 

अध्यक्ष प्रचण्डसँग जीवन संगिनी सीता दाहालसहित, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ रहेका छन् ।  उनका साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी जीवन संगिनी नैनकला थापा पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द

    नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै

बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको