अज्ञात समूहको गोली प्रहारबाट बर्दियामा एकको मृत्यु



हाम्रो इकोनोमि

 

बर्दियाको बढैयाताल गाउँपालिका- ३ स्थित गोबरियामा अज्ञात समूहको आक्रमणबाट मारिएका ३५ वर्षीय मोहन खटिकको हत्या गोली हानी भएको प्रमाणित भएको छ। मृतकको एक्सरे रिपोर्टमा गोली देखिएपछि गोली हानिएको पुष्टि भएको हो।

 

पोष्टमार्टमका क्रममा शरीरभित्र गोली नभेटिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायव निरीक्षक विनयबहादुर चन्दले बताए। उनले भने,’ पेटमा प्वाल जस्तो देखिन्छ एक्सरे रिपोर्टमा गोलीजस्तो देखिएकाले गोली प्रहार गरिएको पुष्टि भएको हो।’

 

घटनामा कुन हतियार प्रयोग गरिएको भन्ने सन्दर्भमा अनुसन्धान भैरहेको छ। उनले थपे मृतक राँगा व्यापारी भएकाले लेनदेनको विषयमा विवाद भएको हुनसक्छ।

 

प्रहरीले घटना बारेमा गहन अनुसन्धान भैरहेकाले चाँडै सत्यतथ्य बाहिर आउने बताएको छ।सोमबार राति २ बजे भएको घटनाबाट घाइते भएका खटिकलाई नेपालगञ्जस्थित नर्सिङ्ग होममा उपचारका लागि लगिएको थियो। बिहान ४:४० बजे अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

 

मृतक खटिककी श्रीमतीले गोली प्रहारबाट श्रीमानको हत्या भएको प्रहरीसमक्ष जानकारी गराएकी थिइन्। घटनाको छानविन गर्न घटनास्थलमा कुकुरको प्रयोग गरिएको प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए। उनले भने,’ घटनाबारे शोधपुछका लागि ४ जना नियन्त्रणमा लिएका छौं।’

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...