काठमाडौंमा आमसभा गरेर विप्लव खुल्ला हुने, राष्ट्र संघका प्रतिनिधि राखेर वार्ता गर्नुपर्ने गोइतको माग



 

आउँदो मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले काठमाडौंमा जनसभा गर्दैछ । उक्त जनसभामा विप्लवले सम्बोधन गर्ने बताइएको छ । अर्थात, केही समयदेखि भूमिगत रहेका विप्लव सोही दिन सार्वजनिक हुँदैछन् ।

 

त्योभन्दा अगावै विप्लव समूहसँग औपचारिक वार्ता गरी उनीहरुका माग सम्वोधन गर्ने प्रयत्न सरकारले थालेको छ । यसका लागि सोमप्रसाद पाण्डे नेतृत्वको राजनीतिक वार्ता समितिले पहल गरिरहेको छ । तर, विप्लवले सरकारी वार्ता समितिको अधिकार क्षेत्र कहाँसम्म हो भन्नेखालका शंका व्यक्त गरेका छन् ।

 

‘सम्बन्धित व्यक्तिसँगै कुरा भइरहेको छ । तर, यो वार्ता समितिको अधिकारक्षेत्र कहाँसम्म हो भन्नेखालका जिज्ञासा उहाँहरुले राख्नुभएको छ’, पाण्डेले अनलाइनखबरसँग भने, ‘कुरा सकारात्मक छ ।’

 

आफूहरुसँग अनौपचारिक कुराकानी भएपछि विप्लव समुहमा आवद्ध नेताहरुका अभिव्यक्ति सकारात्मक रहेको र अब सकारात्मक वार्ता हुने सरकारको अपेक्षा रहेको उनले बताए ।

 

यसअघि विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पटक–पटक पक्राउ पर्दै छुटेका छन् । स्वयं विप्लवविद्ध पनि पक्राउपूर्जी जारी भएको छ । अहिले पनि विप्लव, प्रकाण्ड लगायतका नेताहरुविरुद्ध विभिन्न अदालतमा मुद्दा छन् ।

 

भूमिगत समूहका थरीथरी माग

सरकारी राजनीतिक वार्ता समूहसँग भूिीगत समूहहरुले थरीथरीका माग राखेका छन् ।वार्तामा संयुक्त राष्ट्र संघका प्रतिनिधि हुनुपर्ने गोइत समूहको माग रहेको सरकारी वार्ता समितिका सदस्यहरु बताउँछन् । त्यसैगरी लिम्बुवान पार्टीले छुट्टै स्वायत्त प्रदेश माग गरेको छ ।

 

गोइत समूह, ज्वालासिंह समूह कोब्रा समूह, मधेस टाइगर्स र भगतसिंह समूह लगायतका माग पूरा गर्न गाह्रो हुने खालका रहेका सरकारी वार्ता समितिको निश्कर्ष छ । उनीहरुसँग केही हतियार रहेको र ती समूहमा अतिवादी सोच रहेको संयोजक पाण्डे बताउँछन् ।

 

यद्यपि गोइत समूहलाई राजनीतिक वार्ता समितिले वार्ताका लागि पत्र पठाइसकेको छ । उनीहरुको तर्फबाट पनि वार्ता गर्न तयार रहेको पत्र समितिमा आएको छ । ‘तर, वार्तामा बस्न गोइत समूहले संयुक्त राष्ट्र संघका प्रतिनिधि हुनुपर्छ भन्ने माग राखेका छन्’, सरकारी वार्ता समितिका संयोजक पाण्डेले अनलाइनखबरसँग भने ।

 

तराईको भूमिग सशस्त्र समूह चलाइरहेका जयकृष्ण गोहित एमालेका पूर्वकार्यकर्ता हुन् । उनी ०५४ सालमा माओवादी भएका थिए । ०६२/०३ पछि माओवादी परित्याग गरेर छुट्टै समूह बनाएका थिए । त्यसयता उनी भूमिगत छन् ।

 

लिम्बुवान पार्टीको माग अझ जटिल रहेको बताइएको छ । लिम्बुवान छुट्टै राज्य हुनुपर्ने र आफुहरुले पूर्वका ९ जिल्लामा राज गर्न पाउनुपर्ने माग राखेका छन् । भगतसिंह समूह सानो भए पनि धेरै अपराधिक क्रियाकलापमा संलग्न भएकाका कारण ३२ वटा समूहमध्ये उनीहरुका कार्यकर्ता सबैभन्दा बढी जेलमा रहेका छन् ।

 

ज्वालासिंह समूहले भने अहिलेसम्म वार्ताका लागि सरकारी वार्ता समितिले गरेको प्रस्तावमा कुनै प्रतिक्रिया नजनाएको संयोजक पाण्डेले जानकारी दिए ।

 

११ सय कार्यकर्ता रिहा गर्न सरकार तयार

शान्तिपूर्ण राजनीतिमा आउने ग्यारेण्टी भए जेलमा रहेका भूमिगत समूहका ११ सय बढी कार्यकर्ताहरु रिहा गर्न लचिलो हुने गृहमन्त्रालयले जनाएको छ ।

 

सरकारी राजनीतिक वार्ता समितिले ३२ समूहका १६ सय ४१ जना कार्यकर्ता जेलमा रहेको तथ्याङ्क निकालेको छ । तर, ती सबैलाई रिहा गर्न सकिने अवस्था भने नरहेको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।

 

सरकारी वार्ता समितिको अनौपचारिक जानकारी अनुसार ३२ वटै भूमिगत समूहका गरी उनीहरुका ११ सय ८६ कार्यकर्ता रिहा भने गर्न सकिने अवस्था रहेको उनले बताए ।

 

अनौपचारिक जानकारीलाई नै आधार मान्दा ४५५ जना भने गम्भप्र प्रकृतिका मुद्दामा जेलमा रहेका गृहको भनाइ छ ।

 

‘औपचारिक/अनौपचारिक वार्तामा ३२ वटै समूहले जेलमा रहेका आफ्ना कार्यकर्ता रिहा गर्न माग आएको जानकारी गृहमन्त्रालयलाई प्राप्त भएको छ ।

 

तर, ती सबै मुद्दा फिर्ता लिन सकिने अवस्थाका छैनन्’, पाण्डेले भने, ‘कतिपय मुद्दाहरु जगन्य अपराधसँग जोडिएका छन् । मुद्दा फिर्ता लिँदैमा भूमिगत समूहहरु शान्तिपूर्ण राजनीतिमा आउने ग्यारेण्टी भएको अवस्था छैन, तथापि सरकार लचिलो भएर प्रस्तुत हुनेछ ।’

 

‘राजनीतिक वार्ता समितिले औपचारिक रुपमा प्रतिवेदन पेस गरेलगत्तै गृहले कस्ता र कुन कुन मुद्दा कस्तो अवस्थामा छन् भन्ने अध्ययन गरेर निर्णय लिन्छ’, मन्त्रालयका उपसचिव एकदेव अधिकारीले भने, ‘अहिले अनौपचारिक कुराकानी मात्रै भइरहेको छ । राजनीतिक वार्ता समितिले पनि मन्त्रीसँगै समन्वय गरिरहेको छ ।’

 

सोमप्रसाद पाण्डे संयोजकत्वको राजनीतिक वार्ता समितिले अहिलेसम्म १९ समुहसँग औपचारिक रुपमा सम्पर्क गरिसकेको छ । सबै समुहको मुख्य माग जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाइ रहेको संयोजक पाण्डेले जानकारी दिए ।

 

‘१५/१६ वटा मुद्दा निक्कै जटिल खालका छन् । तिनीहरुलाई पनि रिहाइ गर्नुपर्ने माग आएका छन्’, पाण्डेले भने, बिस्फोटनमा परेका, घाइते भएकावा न मरेका जस्ता प्रकृतिका मुद्दामा अप्ठेरो छ ।’ तर, सरकार हदैसम्म लचक हुन तयार रहेको पाण्डेले बताए ।

 

पाण्डेले भने– हातहतियार खरखजाना मुद्दा, अपहरणपछि हत्या, संगठित अपराध जस्ता जघन्यखालका मुद्दाका दोषीलाई पनि रिहा गर्नुपर्ने माग आएका छन् ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल