राजपा पार्टी कार्यालय भित्रै ३० लाख भ्रष्टाचार, २० दिनदेखि पार्टी कार्यालयमा ताला



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पार्टी कार्यालयका १३ कर्मचारीहरूलाई एकै पटक गत असोज २७ देखि हटाएका छन्। पार्टी कार्यालयको सचिवालयमा गत २० दिनदेखि ताला लागेको छ। कार्यालयमा अहिले एक जना पनि कर्मचारी छैनन्।

 

हटाइएका कर्मचारीहरू पुनवर्हाली माग राख्दै पार्टीका शिर्ष नेताहरूसँग दिनहुँजसो धाउन गरेका छन्। पार्टी स्रोतले हाम्राकुरालाई दिएको जानकारी अनुसार उनीहरूमाथि करिव ३० लाखको भ्रष्ट्राचार गरेको आरोप लागेको छ।

 

गत चुनावमा पार्टीको झण्ड बनाउदा, प्रचार प्रयोजनकोलागि प्रचार समाग्रि छाप्दा तथा कार्यालयले गर्ने कार्यक्रमहरूमा बढी उपस्थिति देखाइ आर्थिक अनियमिता गरेको उनीहरुलाई लगाइएको छ। पार्टीले गरेका कुनै कार्यक्रमहरूमा एक सय मान्छे उपस्थिति थिए भए भने दुइ सय जना उपस्थिति भएको प्लेट देखाइ पैसा असुल गरेको आरोप उनीहरूमाथि लागेको छ।

 

यसैगरी गत चुनावमा पार्टीले खरिद गरेको प्रचार समाग्रिमा पनि आर्थिक अनियमिता गरेको आरोप लगाइएको छ। तर ठाकुले फायर गरेका सबै कर्मचारी दोषी नभएको हटाइएका एक कर्मचारी रञ्जित निष्पक्ष गुनासो पोख्छन्। ‘आन्तरिक छानविन गरौ। एउटा शक्तिशाल समिति बनाऔ। जुन जुन दोषी देखिएका छन।

 

उनीहरूलाई दोषी नदेखिएकाहरूलाई पुनर्वहाली गरौ।’ निष्पक्षले भने। राजपा गठन हुन अघि उनी शरतसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजबादी पार्टीमा कार्यालय सचिव थिए। तत्कालीन रामसपा राजपमा एकिकृत भएसँगै उनी पनि राजपाको कार्यालय सचिवमा समायोजित भए।

 

तत्कालीन ६ मधेसबादी पार्टी विच एकता भइ राजपा गठन भएसँगै तत्कालीन ६ पार्टीका कर्मचारीहरू पनि एकिकृत पार्टीमा समायोजिन भएका थिए। त्यसैले राजपा पार्टी कार्यालयमा कर्मचारीहरू आवश्यक भन्दा बढी थिए—स्रोतले भन्यो।

 

स्रोतका अनुसार राजपामा कार्यालय सचिव राजाराम पासवनको तलब २७ हजार एक सय, प्रदिप पाठकको २६ हजार ५ सय, स्रेन्द्र मण्डलको २५ हजार थियो। यसैगरी निष्पष र राजेश चौधरीको तलव पनि २५ हजार नै थियो।

 

यसैगरी दिलिप सिंह, महाविर साही, बेदानन्द भिश्रको तलब २० हजार थियो। ठाकुरले पार्टी कार्यालयका सबै कर्मचारीहरूलाई हटाउदा आफ्ना स्वकिय सचिव समेत रहेका कार्यालयका कर्मचारी सतन्द्रे मिश्रालाई पनि फायर गरे। उनको तबल २७ हजार थियो।

 

पार्टी कार्यालय सचिबालयमा लगाइएको ताला कहिलेकाँही पार्टीका महामन्त्री विनोद सिंहले खुलाउने गर्छन। ‘ताला खोलेर उनी एक क्षण मात्र कार्यालयमा बस्छन, एक क्षणमै हिड्छन,—एक अवकाशप्राप्त कर्मचारी भन्छन।

 

ठाकुरले पार्टी कार्यालयका व्यवस्थापन गर्ने जिम्मा सिंहलाई दिएका छन। सचिबालयका लगाइएको तालाको एउटा साँचो ठाकुर आफैंले बोक्ने गरेका छन भने अर्को साँचो सिंहलाई दिएका छन्।

 

दशैको षष्ठीको दिन पारेर ठाकुरले पार्टी कार्यालयमा सबै कर्मचारीलाई एकै ठाँउमा बोलाएर ‘अब देखि तपाईंहरु नआउनुहो। आवश्यक परेमा बोलाउला’ भनी विदा गरेका थिए। ‘त्यसपछि हामी अलपत्रमा पर्‍यौ। सबैलाई एक मुष्ठ रूपमा भ्रष्ट्राचारको आरोप लाग्यो। यो अन्याय हो।’—ती कर्मचारी भन्छन। ठाकुरले कर्मचारीहरुलाई विदाइ गदा दशैं भत्ता भने दिएका थिए।

 

तर राजपाका अध्यक्ष मण्डलका सदस्यहरु भने पार्टी कार्यालय त्यती ठूलो संख्यामा कर्मचारीहरूको बोझ थेग्न नसकेर हटाएको स्पष्टीकरण दिने गरेका छन्। अध्यक्ष मण्डलका एक सदस्यले हाम्राकुरालाई भने, ‘पार्टी कार्यालयले त्यती ठूलो संख्यामा कर्मचारीहरू कसरी थेग्न सक्छ ? आवश्यक परेका कर्मचारीहरूलाई हामीले फेरि बोलाउछौ।’

 

हटाइएका कर्मचारीहरू भने अन्यायुर्वक एक पटैक विना सुचना हटाइएको भन्दै पार्टीका नेताहरूसँग लविङ गर्ने गरेका छन्। पार्टी कार्यालय गएको बेला उनीहरू कार्यालय सचिबालय बाहिरै बस्ने गर्छन।

 

राजपा पार्टी कार्यालय रहेको सो भवन राजपाको आफ्नै भवन होइन। सरकारी जग्गामा बनाइएको भवन हो। २०६९ मा तत्कालीन सरकारले नेपाली कांग्रेस, एमाले, र राजपा-फोरम निकट कर्मचारी संगठनहरूलाई कार्यालय भवन बनाउन करिव एक/एक रोपनी जग्गा उपलब्ध गराएका थियो। सो जग्गामा राजपा-संघीय फोरम निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चले २०७१ मा कार्यालय भवन बनायो।

 

सो भवनलाई राजपाले गत २०७४ असार देखि प्रयोग गर्दै आएको छ। भवन प्रयोग गरे वाफत अध्यक्ष मण्डलका संयोजक ठाकुरले तत्कालीन मञ्चका अध्यक्ष विनोद सिंहलाई महामन्त्रीमा नियक्त गरेका छन। राजपाले सो भवन प्रयाग गरे यता ठाकुरले करिव ८० लाख रूयैयाँ खर्च गरी भवनमा दुइ तला थपिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...