यस्ता छन नेपाल छिरेर मार्नेहरूको नालिबेली
सुनसरीको दक्षिणवर्ती हरिनगरा, ४ रामनगर भुटाहा बजारमा असोज ४ गते
बिहीबार मारिएका मौलाना खुर्सिद आलमका हत्याराहरूको प्रहरीले पहिचान गरेको
छ ।
हत्याअघि त्यसमा संलग्न व्यक्तिहरू विराटनगरको एक होटलमा बसेको
स्रोतको दाबी छ । विराटनगरमा चार दिन बस्दा हत्याराहरूले उनको गाउँ र बजारमा
रेकी गर्दै गरेको सिसिटिभी फुटेजले देखाउँछ । घटनाको छानबिनका लागि
सरकारले एसएसपी किशोर दाहालको संयोजकत्वमा समिति गठन गरेको थियो ।
जसमा एसपी रेशमकुमार थेन्सु, गुप्तचरका उपअनुसन्धान निर्देशक तुलसी प्रसाईं, उपसचिव
रवीन्द्र आचार्य र शाखा अधिकृत राजन पाण्डे थिए । तर, भारतीय अपराधीहरू पहिचान
गर्ने क्रममा मोरब प्रहरीको सहयोग लिएर उक्त समितिले काम गर्दा आंशिक
परिणाम हात लागेको बताइन्छ ।
खुर्सिदको हत्या गरी भारततर्फ भागेकासुटरहरूको सिसिटिभी फुटेजलाई लिएर प्रहरीले अनुसन्धान थालेको हो । आलमअध्यक्ष रहेको रैयान स्कुलको उत्तरतर्फ घरमा रहेको सिसिटिभीमा सुटरहरू भाग्दै गरेको दृश्य रेकर्ड भएको छ ।
त्यसमा देखिने हुलिया र विराटनगरको एक होटलको
सिसिटिभी फुटेजमा देखिएको अनुहार मिलेपछि प्रहरीले हत्याराहरू विराटनगर
हुँदै त्यहाँ पुगेको निश्कर्ष निकालेको हो । उनीहरू हत्या भएकै दिन
विराटनगरबाट सुनसरीको दुहवी, इनरुवा हुँदै भुटाहा पुगेको र हत्यापूर्व पटक
पटक त्यहाँ रेकी गरेको निश्कर्ष छ ।
हत्याका क्रममा साइलेन्सर (सुप्रेसेसर) र
लेजर लाइट जडित सेमी अटोमेटिक पेस्तोल प्रयोग भएको र जम्मा दुईपटक
फायरिब भएको थियो । एक फायरिब भने ।।।मिस’ भयो । घटनास्थलको मुचुल्का
उठाउने क्रममा प्रहरीले ९ एमएमको गोली पनि बरामद गरेको थियो, जुन
गोलीको प्रहारबाट उनको हत्या भएको ठहर गरिएको छ ।
बरामद भएको गोली
गाउँपालिका अध्यक्ष गफार अन्सारीले पहिचान गरी प्रहरीलाई दिएका थिए ।
खुर्सिदको हत्यामा कति संवेदनशीलता अपनाइएको थियो भन्ने कुरा हत्याराहरूको
रेकी, आवतजावत र प्रयोग गरिएका हतियारले पनि पुष्टि गर्छ । अर्थात्, हत्याराहरूका
लागि उनी जसरी पनि मारिनुपर्ने व्यक्तिमा पर्थे भन्ने कुरा प्रहरी
अनुसन्धानबाट खुलेको छ ।
कसरी भने, जहाँ खुर्सिदको हत्या भयो, त्यहाँबाहेक
अन्यत्र उनलाई निशाना लगाउन मुस्किल थियो । कारण हो, उनी गाउँ छोडेर
हत्तपत्त हिँड्दैनथे । यदि निशाना बिग्रिएर हल्लाखल्ला मात्रै भएको भए हत्या
योजनासाथ पुगेका व्यक्तिहरू नै धुलोपिठो हुने ठूलो खतरामा थिए ।
खुर्सिद
स्थानीय जनताबीच परिचित र सामाजिक चरित्रका थिए । सम्भवतः तिनै कुरा दृष्टिगत गर्दै
हतियार पनि त्यहीअनुसार प्रयोग गरिएको हुनुपर्छ । साइलेन्सर, अर्थात् सुप्रेसेसर
भनेको गोलीको आवाजलाई कम गराउने आधुनिक प्रविधि हो ।
नेपालमा यसको प्रयोग खासै हुँदैन । यसको प्रयोग विशेषतः इनडोर अपरेसनमा हुन्छ, ताकि,
सुटआउट भए दुश्मनले गोली चलेको चाल नपाउन् । त्यसदिन पनि खुर्सिद रगताम्य
भएर ढलेपछि मात्र स्थानीयले थाहा पाएका हुन् ।
काम सिध्याएर हत्यारा
मध्यहर्साहीबाट सीतागञ्ज हुँदै विराटनगर निस्किएको स्थानीयको अनुमान छ । तर,
प्रहरीले उनीहरू साहेबगञ्ज हुँदै भारतीय बजार वीरपुर निस्किएको दावी गरेको छ
।
यति दुःखले हत्यारा पहिचान त भएका छन् । तर, तिनलाई पक्राउ गर्नु
सबभन्दा जटिल विषय हो । ती व्यक्तिलाई भारत सरकारले बुझाउनुप¥यो, नेपाल
सरकारले पनि माग्न सक्नुप¥यो । किनभने, उनीहरू यस्तै–यस्तै काममा खटाइने
भारतीय सुरक्षाकर्मीसम्बद्ध हुन्छन् ।
जस्तो कि, सात वर्षअघि केन्द्रीय कारागारमायुनुस अन्सारीको हत्याका लागि हतियारसहित छिर्दा पक्राउ परेका मनमित सिंहभाटिया भारतीय सुरक्षाकर्मीबाट प्रयोग गरिने सार्पसुटर थिए । ०६८ असोज ९ गतेघण्टाघरस्थित जामे मस्जिदअगाडि मारिएका इस्लामिक संघका महासचिव फैजानअहमदको हत्यामा पनि त्यस्तै पेशेवर संलग्न थिए ।
प्रहरीले हत्याको सात
महिनापछि घटनामा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गरेको थियो ।
फैजान हत्यामा भारत उत्तरप्रदेशका आदित्य पल, फहद आलम तथा ।।।बब्बु–
दीपक’ भनिने त्रिलोक सिंह संलग्न थिए ।
सञ्चार उद्यमी जमिम साह तथा राप्रपाका तत्कालीन सांसद मिर्जादिलसाद बेगको
हत्यादेखि युनुस अन्सारीको हत्या प्रयासमा एउटै किसिमको समूहले योजना
बनाएको प्रहरीको दाबी छ ।
२०५६ मा सिफलमा मिर्जा र २०६६ माघ २४ गते
लाजिम्पाटमा जमिमको हत्या भएको थियो । नक्कली नोटको कारोबारमा संलग्न
रहेको अभियोगमा केन्द्रीय कारागारमा रहेका युनुसमाथि २०६७ फागुन २६ गते
हत्याप्रयास भएको हो ।
उक्त घटनामा भारतीय सरताज, इमरान, आश्रीलगायत
व्यक्तिको समेत संलग्नता रहे पनि वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।
फैजानको हत्या हुनु १०÷१२ दिन अगाडि आदित्य र आलमले कलंकीबाट बा १ ज
५५७० नम्बरको ट्याक्सी भाडा लिएर काठमाडौंमा घुमफिर गरेका थिए ।
खर्च थेग्नै गाह्रो परेको खुलासा
खर्च, प्रविधिको उपलब्धता, दक्ष प्राविधिकको अभावजस्ता कारण नेपालमा डिएनए
परीक्षण एकदमै खर्चिलो हुन्छ ।
समाथि यस्तो परीक्षणका लागि आवश्यक पर्ने
केमिकलको प्याकेट एकचोटि खोलिसकेपछि फेरि प्रयोगमा ल्याउन सकिँदैन ।
त्यसकारण चार–पाँच वटा डिएनए जाँच एकै लटमा हुने गर्दछ । कञ्चनपुरमा
बलात्कारपछि मारिएकी निर्मला पन्तको भेजिनल स्वाबको परीक्षण पनि यसरी नै
भएको हो ।
उनको शवबाट उपलब्ध भएको भेजिनल स्वाब एकदमै थोरै थियो । रातभर
पानीले भिजेको कारण प्राप्त तरल पदार्थ अनुसन्धान गरी निस्कने निश्कर्ष
फितलो हुने खतरा छँदै छ । अर्थात्, भेजिनल स्वाब गुणस्तरको थिएन । तर, उपलब्ध
एउटा मात्र प्रमाण भएका कारण त्यही न्यूनगुणस्तरको शारीरिक अंगको परीक्षण
गराइयो ।
निर्मला हत्याको अनुसन्धानका क्रममा अहिले नेपाली सेनाका केही
मान्छेसमेत शंकामा परेका छन् । घटनास्थल नजिकै व्यारेक भएकाले केहीलाई
अनुसन्धानको दायरामा ल्याइएको हो । सँगै, भेजिनल स्वाबलाई सुरक्षित राखेर
विश्वका अन्य भागमा परीक्षण गर्न पठाइने भएको छ ।
सुइँ अझै पनि मनस्थिति ठीक नभएको भनिएका दिलीपसिंह विष्टमाथि नै
सोझिएको छ ।
भीमदत्त नगरपालिका– १९ बागफाँटका ४१ वर्षीय उनी आफ्नै
भिनाजुको हत्या अभियोगमा ०६५ सालमा जेल परी गत वर्ष गणतन्त्र दिवसका अवसरमा
तत्कालीन प्रजिअको सिफारिसअन्तर्गत राष्ट्रपतिबाट कैद मिनाहा भएर छुटेका थिए ।
उनी यसरी छुटेको पनि चालचलन ठीक भएरै हो । मनस्थिति ठीक नभएको
व्यक्तिको चाल चलन ठीक हुँदैन ।
बयानमा पनि उनी आत्मविश्वासका साथ बोलेका
छन् । जागिरका लागि सैन्य तालिम लिएका थिए, जुन कुरा बयानमा खुलेको छ । सैन्य
तालिम लिँदा प्राप्त ज्ञानका आधारमा उनले भोकल कर्ड (स्वरग्रन्थी) थिचेर मान्छे
सजिलोसँग मार्न सकिन्छ भन्ने जानेका थिए । निर्मलाको हत्यामा त्यही विधि
अपनाएको भिडियो बयानमा भनेका छन् ।
उनको भनाइ र शवको अवस्था मेल खान्छ,
अर्थात् निर्मलाको भोकल कर्ड (स्वरग्रन्थी) फुटेको छ । प्रहरीद्वारा पक्राउ गरी
रिहा भएका बम दिदीबहिनीले आफूहरू घटनास्थलमा नगएको बताएका छन् ।
निर्मलाकी आमाले ।।।तिमीहरू जिम्मेवार हुन्छौ’ भनेकी थिइन् र त्यहाँ एउटा
खुस्केट मान्छे पनि घुमिरहने हुँदा त्यसको डरले आफूहरू त्यता नगएको
उनीहरूको जिकिर छ ।
घटनास्थल एकान्त ठाउँमा छ । प्रेमी, प्रेमिकाको
डेटिबस्पटदेखि लागुऔषध दुव्र्यसनीहरूका लागि सुरक्षित पनि मानिन्छ । घटना
भएको भनिएको समयमा दिलीपसिंह विष्ट पनि त्यतै थिए । नजिकै सैनिक व्यारेक छ ।
सेनाका मान्छेको आवत–जावत पनि बाक्लै हुने गरेको छ ।जनआस्थाबाट