नेपाली कांग्रेसका भातृसंगठनहरुमा भद्रगोल, देउवा तनावमा, रामचनद्रलाई हाइसन्चो



 

शिक्षक संघ, निजामती कर्मचारी युनियन, नेपाल ट्रेड युनियन कांग्रेस र डेमोक्रेटीक लयर्स एशोसिएसनमा आफ्नो गुट पराजीत भइसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अरु संगठनका अधिवेशन नै नगरी टीका लगाउने खेलमा छन् । त्यसैअन्तर्गत उनले नेविसंघको अधिवेशन उमेर विवाद निकालेर भा“ड्न सफल भइसकेका छन् ।

 

कांग्रेसको सशक्त भातृसंगठन नेविसंघको ३ बर्षे कार्यकाल गतबर्ष नै सकिसकेपछि १ बर्ष थप भएको थियो । थपिएको अवधि पनि २०७५ साउनमै सकिएको छ । नेविसंघको महाधिवेशनका मिति २०७५ कात्तिक १६ देखि १८ सम्म तोकिए पनि उमेर विवाद निकालेर रोकिने लगभग निश्चित भएको छ ।

 

कृष्ण सिटौला र गगन थापाका निकट कुन्दन काफ्लेले अध्यक्षमा जित्ने भएपछि उनलाई रोक्न नेविसंघमा ३२ बर्षे उमेर हद लगाउने निर्णय पार्टी सभापति शेरबहादुर देउवाले गराइसकेका छन् । निर्देशक समितिका संयोजक प्रकाशशरण महतको प्रेम जोशीलाई नेविसंघको अध्यक्ष बनाउने डिजाइन अनुसार उमेर विवाद निकालेपछि महाधिवेशन नहुने लगभग निश्चित भएको छ ।

उमेर विवाद निकालेपछि रामचन्द्र पौडेल र सिटौला समूहका अध्यक्षका दाबेदार कुन्दनराज काफ्ले, उर्मिला थपलिया, रामप्रसाद अधिकारीहरु सबै आउट हुने भएपछि देउवा समूहले यस्तो जुक्ति निकालेको छ । उमेर हद लगाउनु नहुने पक्षमा पौडेल सिटौला छन् । केन्द्रीय समिति बैठकमा उनीहरुले नेविसंघको विधानमा उमेर हद लगाउने निर्णयप्रति नोट अफ डिसेन्ट नै लेखेका छन् ।

नेविसंघमा अधिवेशन रोक्न सफल भएको कांग्रेसले नेपाल प्रेस युनियनको अधिवेशन पनि गर्न नदिने रणनीति अंगालेको छ । युनियनले असोज १० सम्म सबै जिल्ला अधिवेशन सकिसक्नुपर्ने कार्यतालिका बनाएकोमा ३५ जिल्ला अधिवेशनमात्र सकिएको छ । युनियनका ८ शाखा र ७३ जिल्ला समिति छन् ।

 

अध्यक्ष बद्री सिग्देलले बिरामी भएको बहाना पारी जिल्ला अधिवेशन रोकेको आरोप छ । अधिवेशन तोकेका जिल्लालाई आफूसंग नसोधेको भन्दै प्रमुख अतिथि पनि देउवा पक्षका नेतालाई मात्र बनाउन निर्देशन दिने गरेका छन् । जसका कारण २०७५ मंसिर २७–२८ मा हुने युनियनको अधिवेशन पनि अनिश्चित बनेको छ ।

नेपाल तरुण दलमा भागबण्डाका आधारमा ४ पदाधिकारीमात्र छन् । पार्टी सभापति देउवाका निकट अध्यक्ष जीतजंग बस्नेत, कृष्ण सिटौला निकट उपाध्यक्ष उत्तम चापागाई,रामचन्द्र पौडेलनिकट महासचिव भूपेन्द्रजंग शाही र स्व. खुमबहादुर खड्काको कोटाबाट कोषाध्यक्षमा बिद्वान गुरुङ मनोनीत भएका थिए ।

 

२०७३ मंसिर १ मा तरुण दलमा भागबण्डा लगाइएको थियो । २ बर्ष पुग्न लाग्दा पनि तरुण दल ४ जना पदाधिकारीले मात्र चलाउँदैआएका छन् । कमिटीले पूर्णता पाउन सकेको छैन ।

 

२०७५ कात्तिक १० मा तरुण दलले आयोजना गरेको चियापानमा सहभागी तरुणहरु कमिटीलाई पूर्णता नदिएकोमा ब्यंग्य गर्दै भन्दै थिए–‘बस्नेत अध्यक्षका रुपमा सम्मान गरेपछि मख्ख पर्ने गर्दछन्,  उपाध्यक्ष चापागाई भिजिटिङ कार्ड बाँडेर उठ्तीपुठ्तीमा ब्यस्त हुने, महासचिव शाही विदेश भ्रमणमै ब्यस्त हुने र कोषाध्यक्ष कोष संचालन गर्नमा रमाउ“छन् ।’

२ बर्ष हु“दा पनि तरुण दलको केन्द्रीय कमिटीले पूर्णता नपाएको बिषयमा कार्यकर्ता पंक्तिमा यस्तो चर्चा भए पनि पार्टी र तरुण दलका चार नेतालाई कुनै सरोकार छैन ।

२०७५ मंसिर ५ देखि ९ मा हुन लागेको पार्टीको महासमिति बैठकमा भातृसंगठनको भद्रगोल र निर्वाचन समीक्षाको बिषय पेचिलो रुपमा उठ्ने भएको छ । जसलाई सामना गर्न संस्थापन पक्षलाई निकै मुस्किल पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल