नेपाली माथी याे कस्तो ज्याजती : साउदीमा तलब माग्दा नेपाल लास पठाउने धम्की दिएपछि…



 

वैदेशिक रोजगार विभागको दोस्रो तलाको बाहिरपट्टि ९ महिने छोरालाई दूध चुसाउँदै थिइन्, काभ्रेकी मैया गौतम ।

 

रसिलो आँखा र उदास अनुहार लिएर उनी साउदीमा अलपत्र परेका आफ्ना पतिलाई नेपाल झिकाइदिनू भन्दै आइतबार विभागमा आएकी थिइन् । गत फागुन २४ गते वैदेशिक रोजगारीका लागि साउदी गएका मैयाका पति मिनप्रसाद ढुंगाना डेढ महिनादेखि साउदीमा अलपत्र छन् ।

 

राम्रो कमाइ हुने भन्दै अक्सफोर्ड इन्टरनेसनल प्रा.लि नामक म्यानपावर कम्पनीमार्फत् साउदी गएका मिनप्रसादले विदेश गएको ५ महिना राम्रो काम र तलब पाए । उनलाई कम्पनीले गार्डेनमा फूड प्याकिङको काम लगाएको थियो । तर पाँच महिनापछि उनलाई होटलमा काम लगायो ।

 

खाने बस्ने सुविधासहित फूड प्याकिङको काम भनेर म्यानपावरलाई एक लाख बुझाएका मिनप्रसादले होटलमा भनेजस्तो तलब र सुविधा पाएनन् ।

 

खाना बस्ने सुविधा त परको कुरा होटलमा काम गरेको डेढ महिनासम्म पनि उनले तलब पाएनन् । काम गरेको तलब माग्दा कम्पनीले कामबाटै निकालिदिएको मिनप्रसादकी पत्नी मैयाले बताइन् ।

 

‘शुरूमा त भनेको काम र तलब नै थियो, महिनामा ५०/६० हजार हुन्छ भनेको थियो । पछि काम गरेको डेढ महिनासम्म पनि तलब दिएनन्,’ मैयाले भनिन्, ‘तलब माग्दा कामबाटै निकालिदियो । तलब माग्न आइस् भने जिउँदो नेपाल फर्कन पाउँदैनस्, लास पठाउँछौं भन्छ रे !’ मैया भक्कानिँदै रोइन् ।

 

पतिले फोनमा जसरी पनि नेपाल झिकाऊ भनेपछि उनी ९ महिनाको छोरा काखी च्यापेर दुई महिनाअघि म्यानपावर पुगिन् ।

 

म्यानपावरले मैयालाई विदेशमा अलपत्र पतिलाई तलब र सुविधा दिलाउने र काम पनि लगाइदिने आश्वासन दिए । डेढ महिनासम्म कुर्दा समेत पतिले साउदीमा काम नपाएपछि मैया एक साता अघिदेखि विभाग धाइरहेकी छन् ।

 

‘८ दिनदेखि यहाँ आइरहेको छु, श्रीमानलाई झिकाइदिनू भन्दा म्यानपावरले अझै पनि काम लगाइदिन्छु मात्रै भन्छ,’ मैयाले गुनासो गरिन्,‘ यहाँका कर्मचारी पनि म्यानपावरकै कुरा सुन्छन् । मुद्दा हाल्न लाग्दा कर्मचारीकै अगाडि म्यानपावरका मान्छेले मुद्दा नहाल भनेर दबाब दिन्छ ।’

 

मैयाका पति मिनप्रसादसँगै अन्य १८ जना नेपाली पनि तलब नपाएर अलपत्र छन् । साउदीमा अलपत्र परेका उनीहरूलाई नेपाल झिकाउन आफन्तहरू वैदेशिक रोजगार विभाग धाइरहेका छन् ।

कोक पिएको १० मिनेटदेखि १ घण्टाभीत्र मानिसलाई यतिसम्म असर गर्छ

कोकाकोलाको टेस्टबाट जो कोहि पनि यसको सेवन गर्न रुचाउँछन् | आजकाल कतिपयले गर्मीमा पिउने सबैभन्दा बढी पेय पदार्थ अन्तर्गत पनि कोकाकोला नै पर्छ | तर एक समाचारले संसारमै चर्चा पाएको छ, जुन हामीलाई पनि आवस्यक हुनसक्छ |

 

‘दी रेनिगेड फार्मासिस्ट’ नाम गरेको ब्लग चलाउने ब्रिटेनका पूर्व फार्मासिस्ट नीरज नाइकले कोल्ड ड्रिंक पिएपछी शरीरको भीत्र हुने प्रभावको बारेमा खुलाशा गरेका छन् | जुन कुरा पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेको छ |

 

नीरज नाइकले एक ग्राफिकको माध्यमबाट बताएका छन् कि कसरी कोल्ड-ड्रिंक्सको सेवनबाट शरीरमा अत्यावश्यक खनिज तत्व बाहिर निकाल्छ र मानिसलाई मानसिक र शारीरिक रूपमा हानी गर्छ भन्ने कुरा सार्वजनिक गरेका छन् | उनले एक केन कोकको सेवनबाट आउने एक घण्टासम्म हुने प्रभावको बारेमा खुलाशा गरेका हुन्-

 

पहिलो १० मिनेट:
जब तपाइले एक केन कोक पिउनुहुन्छ तव तपाइको शरीरमा १० चम्चा शुगर एकसाथ जान्छ | यो मात्रा २४ घन्टाको लागि चाहिने शुगरको मात्रा बराबर हो | अचानक बढी गुलीयो खाँदा तपाईलाई बान्ता समेत हुनसक्छ तर यसमा मिलाइएको फोस्फोरिक एसिडको कारण बान्ता भने हुँदैन | जसले गुलीयोको टेस्ट परिवर्तन गर्छ |

 

२० मिनेट पछी –
कोक पिएको २० मिनेटमै पिउने मानिसको ब्लड शुगर एकदम बढ्छ | जसको कारण शरीरबाट इन्सुलिन तीब्र मात्रामा बाहिर निस्कन्छ | शरीरको मिर्गौलाले यसमा काम गर्छ र यसलाई फ्याट (चिल्लो पदार्थ) मा बदलिदिन्छ |

 

४० मिनेट पछी-
अब पिउने मानिसको शरीरमा क्याफीनको निकै मात्रा बाहिर निस्कन्छ | अर्को तिर ब्लड प्रेशर पनि उत्तिकै बढ्छ | यसका साथै तपाइको मिर्गौलाले रगतमा शुगर पठाउने काम गर्छ | मस्तिष्कमा रगत जान रोकिन्छ जसको कारण निन्द्रा लागेजस्तो हुन्छ |

 

४५ मिनेट पछी –
यति समय पछी तपाइको सरिरमा हिरोइन (मादक पदार्थको नाम) लिएको जस्तै लाग्छ | शरीरमा डोपामाइनको उत्पादन बढ्छ | यसमा मस्तिष्कलाई खुशी दिने हिस्सा सक्रिय हुन्छ |

 

६० मिनेट पछी –
कोक पिएको एक घण्टापछी तीन प्रक्रिया हुन्छ –

१. फोसफोरिक एसिडले तपाइको शरीरको इंटेस्टाईनमा क्याल्शियम, म्याग्निशियम र जिंकलाई एकतृत पार्छ | यसले मेटाबोलिज्म बढाउँछ | शुगर र अन्य आर्टिफिशियल स्वीटनर्सको बढी मात्रामाको कारण मेटाबोलिज्म थप बढ्छ | एस्पछी मानिसलाई पिसाव फेर्न पर्ने हुन्छ जसमा सरिरबाट अन्य बेलाको जस्तो पिसाव नभई सरिरलाई चाहिने क्याल्सियम बाहिर निस्कन्छ |

 

२. क्याफीनलाई तरल बनाउने गुणको कारण तपाइँलाई पटक पटक पिशाव गर्न जानुपर्ने बनाउँछ | जुन पिसाव मार्फत शरीरमा भएको क्याल्सियम, म्याग्निशियम, जिंक, सोडियम र पानी बाहिर जान्छ जो वास्तवमा पिशाव मार्फत तपाइको ट्वाइलेटमा नभई शरीरको हड्डीमा जानुपर्ने थियो |

 

३- अर्को कुरा के पनि छ कोक एक पटक सेवन गरेपछि फेरी पनि सेवन गर्न मन लाग्ने हुन्छ, जुन हुनुको पनि कारण छ, कोकको मीठोपनले तपाइँलाई अल्छीपन ल्याउँछ | सादा पानी खाँदा हाम्रो सरिरलाई निकै फाइदा गर्छ भने कोकमा हुने पानी माथिको प्रक्रियाको असरले गर्दा सरिरमा बसिराख्दैन, उक्त पानी यूरिन मार्फत बाहिर जान्छ |

 

यसरी कोक पिउदा तपाइको शरीरको हड्डि र दाँतलाई आवश्यक आवश्यक खनिज शरीरबाट बाहिर जाने हुँदा सारीरिक रुपमा कोक निकै बेफाइदाजनक छ |

छिमेकीकी बुहारीसँग अनैतिक सम्बन्ध राख्ने युवकलाई समाजले दियो यस्तो ‘दण्ड

विवाहित महिलासँग अनैतिक सम्बन्ध स्थापित गरेको आरोपमा महोत्तरीको एकडारा गाँउपालिकाका एक युवालाई ‘सामाजिक दण्ड’ दिइएको छ ।

 

सोमबार बिहान एकडारा गाँउपालिका –१, का ३० वर्षीय दिलीप मण्डललाई एक नवविवाहित महिलासँग अनैतिक सम्बन्ध स्थापित गरेको भन्दै स्थानीयहरुले ‘सामाजिक दण्ड’ दिएका छन ।

 

स्थानीयहरुले मण्डललाई आधी कपाल काटेर, जुता चप्पलको माला लगाई, निधारमा चुनको टीका लगाई गाँउ घुमाएका हुन । छिमेकीकी बुहारीलाई प्रलोभनमा पारि अनैतिक सम्बन्ध स्थापित गरेको भन्दै मण्डललाई सामाजिक रुपमा दण्डित गरिएको स्थानीयले बताएका छन् ।

 

वडा नं. १ का वडाध्यक्ष रैहान रेजा अन्सारीले घटना वास्तविक भएको जनाउनुभएको छ । आफू बाहिर रहेको समयमा गाँउका एक समूहले त्यो घटना घटाएको र आफू सत्यतथ्य बुझ्ने प्रयासमा रहेको वडाध्यक्ष अन्सारीले बताउनुभयो ।

 

घटना मानवअधिकारविपरीत रहेको गाँउपालिकाका अध्यक्ष रामछविला साहले जनाउनुभएको छ । आफूलाई केहीबेर अगाडि मात्र घटनाको सम्बन्धमा जानकारी भएकोले आफूले सत्यतथ्य बुझ्ने प्रयासरत रहेको गाँउपालिकाका प्रमुख साहले पत्रकारलाई बताउनुभयो ।

 

घटनास्थलमा पुगी प्रहरीको टोलीले अनुसन्धान सुरु गरिसकेको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

 

घटनामा संलग्न जो कोहीलाई कानुन अनुसार सजाय हुने प्रहरी उपरीक्षक कार्कीले जनाउनुभयो । मण्डल सम्पर्कविहीन रहेकोले प्रहरीले खोज्ने प्रयासमा रहेको प्रहरी उपरीक्षक कार्कीले जनाउनुभयो । मण्डल आफै विवाहित रहेको र उनको चार छोराछोरी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
जनकपुरले जित्यो एनपीएलको उपाधि

    जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को

एनपीएलको फाइनल हेर्न देउवा र प्रचण्ड सँगै

    नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल कांग्रेस सभापति शेरबहादुर देउवा र

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको विशाल लक्ष्य

    नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट छुटे

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट छुटेका छन् । न्यायाधीशहरू नहकुल सुवेदी