नायिका बेनिशालाई बैंकका सिइओले नगरकोट जाउँ भनेपछि



 

काठमाडौं,चर्चित व्यक्तिहरुबाट हुने यौन हिंसाको बारेमा यतीबेला विश्वभरी बहस भइरहेको छ । विश्वभरी चलेको मिटू अभियानले धेरैको जागिर समेत गइसकेको छ । नेपालमा पनि कतिपय महिलाहरुले आफुहरुमाथि यौन हिंसाबारे बताउन थालेका छ ।

 

नायिका बेनिशा हमालले पनि आफुमाथि त्यस्तो प्रस्ताव आएकी बताएकी छिन् । एक बैंकका सिइओले नगरकोट घुम्न जाने प्रस्ताव राखेको उनको भनाई छ ।

 

एक अन्र्तवार्तामा उनले भनेकी छिन्– एक बैंकको लागि गरिएको फोटोसुट सकिए लगत्तै कफी खाने क्रममा सो फोटोसुटका कोर्डिनेटरले बैंकका सीईओले नगरकोट जाने भने तर मैले ती व्यक्तिलाई चड्कन हाने ।’ ती बैंकरको नाम भने उनले खुलाउन चाहिनन्

 

उक्त समयमा म मा त्यति हिम्मत थिएन कि यो कुरा मेरो परिवारलाई सेयर गर्न सकुँ, कहाँ, कसलाई के भन्ने भन्ने बारेमा म अनविज्ञ थिएँ ।’ परिवारले त्यही देख्नका लागि यो फिल्डमा गएको होइन भनेर गालि गर्ने डरका कारण उक्त कुरा भन्न नसकेको उनको भनाई थियो ।

 

मोटरसाइकलमा ‘लिफट’ माग्ने युवतीको ‘नाटकीय बलात्कार’ !

जलविरे इ’ प्रहरीले राखेको काल्पनिक नाम । उनी मेलम्चीमा रहेको आफन्तको होटलमा काम गर्दै आएकी थिइन् । असारमा काम गर्ने मान्छेको अभाव भएपछि नन्दलाई लिन भाउजू मेलम्ची पुगिन् । नन्द ‘जलविरे इ’ र भाउजू ‘जलविरे ए’ एउटा भाडाको गाडीमा पछाडि बसेर नवलपुरसम्म पुगे ।

 

नवलपुरमा अन्य सवारी साधन नभएपछि दुवैजना हिँडेरै चौतारा आउने क्रममा चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिकाको सीमा स्थानीय झ्याडी खोलामा आइपुग्दा एउटा मोटराइकल उनीहरुले देखे । हिँडेर आइरहेका दुवैले मोटरसाइकललाई हात दिए ।

 

 

मोटरसाइकलमा सवार युवकले दुवै जनालाई लिफट् दिए । सदरमुकाममा ट्राफिक चेकिङ हुने भएपछि मोटरसाइकल चालक अस्मिर नेपालले स्थानीय शहिद चोकभन्दा केही परै दुईमध्ये भाउजू ‘जलविरे ए’ लाई त्यही ओराले । पछि लिन आउने भन्दै मोटरसाइकलमा नन्द ‘जलविरे इ’ लाई मात्रै राखेर उनी अघि बढे ।

 

 

प्रहरीका अनुसार मोटरसाइकल चालक नेपालले सदरमुकाम चौतारामा रहेको स्थानीय माया होटलमा लगेर सँगै आएकी किशोरीसँग जर्बजस्ती यौन सम्र्पक गरेपछि मोटरसाइकलबाट ओरालेकी भाउजूलाई लिन भन्दै ती युवतीलाई त्यहीँ छाडेर हिँडे ।

 

युवतीसँग जर्बजस्ती शारीरिक सम्बन्ध राखेपछि ती युवतीकी भाउजूसँग पनि यौन सम्र्पक राख्ने योजनाका साथ बाइकमा राखेर त्यही होटलमा ल्याएको स्थानीय प्रहरीको दाबी छ ।

 

एउटा केटाले दुई जना केटीलाई एउटै कोठामा लगेपछि होटलवालाले शंका गरेपछि बाहिर हल्ला भयो । हल्लापछि नेपाल फरार भए । सुन्दा र पढ्दा यो घटना होइन, जस्तो र कुनै फिल्ममा ‘भिलेन’ले हिरोइनलाई यस्तो गरेको दृश्यजस्तो लागे पनि यो घटना वास्तविक नै हो ।

 

मेलम्चीमा आफन्तको होटलमा काम गर्दै आएकी एक युवती असारमा काम गर्न घर आउने क्रममा मोटरसाइकलमा लिफट् दिएका युवकले जर्बजस्ती गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कँडेलले जानकारी दिए । घटना असार १ गते बेलुकी ५ बजेतिर को हो । स्थानीय झ्याडी खोलाबाट सदरमुकामसम्म आउन मोटरसाइकलमा करिब ४५ मिनेट मात्रै लाग्छ ।

 

मोटरसाइकलमा आउने क्रममा केही कुराकानी मात्रै भए पनि ती युवकले केही मिनेटको बीचमा मोटरसाइकलमा सवारमध्ये एक युवतीलाई होटलमा लगेर जर्बजस्ती गरेको डीएसपी कँडेलले बताए । सँगै आएकी भाउजूलाई बाइकबाट ओरालेपछि ती युवकले युवतीलाई लिएर गएको होटलसम्म पुग्न करिब ५ मिनेट मात्रै लाग्छ ।

 

थोरै समयको बीच मोटरसाइकल चालक र युवतीबीच धेरै कुराकानी हुन नपाए पनि युवतीलाई होटलमा लगेर युवकले जर्बजस्ती गरेको बताउँदै डीएसपी कँडेलले भने– अस्पतालमा लगेर शारीरिक परीक्षण गर्दा युवती बलात्कृत भएको पुष्टी भएको छ ।’

 

 

होटलबाट फरार युवकको हुलिया दिएपछि प्रहरीले सदरमुकाम आसपासबाटै नियन्त्रणमा लिएको छ । अभियुक्त नेपाल जिल्ला पशु सेवा कार्यालयमा करारमा काम गर्दै आएका थिए । कुञ्चक क्षेत्रबाट पशुको उपचार गरेर नेपाल चौतारा र्फकेका थिए ।

 

र्फकने क्रममा दुईजना महिलाले लिफ्ट मागेपछि उनले सहजै लिफ्ट दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ, घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिकृष्ण केसीले भने ।

 

 

मोटरसाइकलमा बस्ने बितिक्कै ती युवाले दुवैलाई शारीरिक सम्बन्ध राख्ने योजना बनाएको प्रहरीको भनाइ छ । यात्राको क्रममा आफूहरु टाढा जानुपर्ने र चौतारामा बस्ने ठाउँ नभएको अनि पैसासमेत नभएको ती महिलाले युवकसँग गुनासो राखेको प्रहरी निरीक्षक केसी बताउँछन् ।

 

उपयुक्त मौकाको खोजीमा रहेका मोटरसाइकल चालकले यात्राका क्रममा आफु सरकारी कर्मचारी भएको र खर्च पनि दिने अनि चौतारामा लगेर होटलमा दुवैजनालाई राखिदिने आश्वासन दिएका थिए ।

 

 

यात्राका क्रममा महिलाहरुले युवकसँग दुःखका कुरा सुनाएपछि त्यसैलाई आधार बनाएर ती पशु सेवाका कर्मचारीले यौन शोषणको योजना बनाएको प्रहरी निरीक्षक खत्रीकोे भनाइ छ । नन्दसँग शारीरिक सम्बन्ध राखेपछि भाउजूलाई लिन उनी त्यहाँबाट गएको र भाउजूलाई पनि त्यही कोठामा ल्याएका थिए । भाउजू पनि आएपछि त्यहाँ विवाद भएपछि मात्र घटनाको बाहिर आएको थियो ।

 

विवादपछि हल्ला हुँदा युवक फरार भएका थिए । प्रहरीले होटल सञ्चालकलाइसमेत नियन्त्रणमा लिए पनि होटलवालाले आफूलाई केही थाहा नभएको बताएपछि आरोपित युवाले छाडेर गएको एउटा दसी प्रमाण’ का आधारमा उसलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

 

महिलाहरुसँग बाइकमा आउँदा कुराकानीका क्रममा आफु ‘पशुको बन्ध्याकरण’ ‘खसी’ बनाउने कर्मचारी भनेर बताएका थिए । त्यही दसीका आधारमा उसलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

बलात्कार हो कि यौन सम्पर्क ?

यसैबीच लिफ्टमा आएकी युवतीलाई जर्बजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अभियुक्त नेपालले आफुले ती युवतीसँग यौन सम्र्पक राखेको स्वीकारेका छन् । जिल्ला अदालतमा म्याद थप्न लैजाने क्रममा पनि नेपालले सम्बन्ध राखेको स्वीकार गरेका हुन् ।

 

त्यस्तै प्रहरीसँगको मौखिक बयानका क्रममा पनि आफूले सम्बन्ध राखेको स्वीकारेको डीएसपी विमलराज कणेलले जानकारी दिए । मैले तिमीहरुलाई सहयोग गरें, तिमीले चाँही के सहयोग गर्छौ त भनेर अभियुक्त नेपालले ती युवतीसँग प्रस्ताव राखेको प्रहरी स्रोतको दाबी छ । नेपालले यौन सम्र्पकको प्रस्ताव राखेका थिए ।

 

अभियुक्तको दाबी अनुसार युवतीले पनि स्वीकारेकी थिइन् । ‘सुरुमा सहमतिमा नै सम्बन्ध भएको देखिन्छ, तर पछि भाउजू आएपछि विवाद भएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो । अनलाइन खबरबाट

 

श्रीमती छाडेर छिमेकी केटीसँग होटलमा बस्दा…

विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ ।

 

वैदेशिक रोजगारीबाट केही महिनाअघि मात्र फर्केका मनोरथ घरका सदस्यलाई जानकारी नदिइ छिमेकीकै केटी साथीसँग होटलमा बस्दै आएका थिए । उनलाई विर्तामोड बसपार्कको एउटा कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ ६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

 

प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९ वर्षीया प्रमिला विकले सामान्य विवादमा पाठकको घाँटी थिचेको’ प्रारम्भिक बयान दिएकी छन् ।

 

 

विवादका क्रममा केहीबेर घाँटी थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र त्यसपछि डर लागेर आफू होटलको कोठाको साँचो लगाएर भागेको प्रमिलाले प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।

 

 

घरमा छोराछोरी र पत्नी भएका मनोरथ र वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पति भएकी प्रमिला एक महिनादेखि पटक पटक होटलमा सँगै बस्दै आएका थिए । सानो गाडी किन्ने भनी केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र प्रमिला विर्तामोडको होटलमा आउनुअघि धरानको अर्को होटलमा निकै दिन उनीहरु बसेका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका