सरकारी जग्गा बेच्ने मालपोत अधिकृतसहित ७ जना अख्तियारको खोरमा



 

सरकारी जग्गालाई किर्ते कागजात खडा गरी विक्री वितरण गर्ने तथा गराउने ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सरकारी जग्गाको किर्ते कागजात बनाई विक्री वितरण गर्ने तत्कालीन मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

मालपोत कार्यालय, परासीका तत्कालीन कर्मचारीहरको सहयोगमा बिचौलियासहितले मिलेमतो गरी ३ करोडको सरकारी जग्गा विक्री वितरण गराएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।

 

मालपोत कार्यालय परासीका तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्युटर अपरेटर एजाज खाँसहित ७ जनाबिरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
 

यस्तो छ घटना विवरण
सरकारी कर्मचारीहरुसमेतको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा ल्याई विक्री वितरण गरेको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसनधान आयोगमा पर्छ ।

 

साविकको जयखानी ३ गुल्मीका दीपक सुनारले साविक तिलकपुर गाविस वडा नम्बर ५, (हाल सरावल गाउँपालिका वडा नम्बर १) को २ बिघाहा १५ कठ्ठा २ धुर क्षेत्रफलको सरकारी जग्गा नक्कली कागजात बनाई विक्री गराए ।

 

उक्त जग्गाको नक्कली कागजात बनाउने तथा मालपोत कार्यालयमा समेत लगत राखी लालपूर्जासमेत बनाउने काममा मालपोत कार्यालय परासीमा मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्युटर अपरेटर एजाज खाँले आर्थिक लाभ लिएर सहयोग गरे ।

 

सरकारी कर्मचारीहरुले उक्त जग्गाको नक्कली जग्गाधनी दर्ता श्रेस्ता र प्रमाणपूर्जा समेत खडा गरेको पाइएको थियो ।

 

सरकारी जग्गालाई व्यक्तिको बनाई राजीनामा पाससमेत गराएको पाइयो । प्रतिकठ्ठा ५ लाख २० हजारका दरले विक्री वितरण गरिएको उक्त जग्गाको मूल्य न्युनतम सरकारी मूल्यअनुसार पनि २ करोड ८६ लाखभन्दा बढी हुन्छ ।

 

वडा कार्यालयको सिफारिशसमेत नक्कली बनाई पहिले दीपक सुनारको नाममा उक्त जग्गा ल्याइएको थियो ।

 

दीपक सुनारको नाममा जग्गा आइसकेपछि उक्त जग्गा पछि लुम्बिनी ग्याँस प्रालि नवलपरासकिो नाममा राजीनामा पाससमेत भएको पाइएको छ ।

 

यसरी सरकारी जग्गा भएको जान्दाजान्दै व्यक्ति वा अमुक संस्थाको नाममा नक्कली कागजात खडा गरी आर्थिक लाभ लिएर विक्री वितरणमा सहयोग पुराएपछि मालपोत कार्यालय परासीका ३ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

 

 

राष्ट्रसेवक कर्मचारीले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानुनी लाभ तथा प्रत्यक्ष फाइदा पुर्याउने काम गरेको पुष्टि भएको भन्दै मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्यटर अपरेटर एजाज खाँलाई जनही २ करोड ८६ लाख ५२ हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

 

यसैगरी मालपोत कार्यालय, परासीका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आफूलाई गैर कानूनी लाभ हुने र नेपाल सरकारलाई हानी पुराउने कार्य गरेको भन्दै दीपक सुनार, बिचौलिया यादबप्रसाद भण्डारी, लुम्बिनी ग्याँसका प्रतिनिधि सुरेन्द्रराज पौड्याल तथा अर्का विचौलिया सुदन श्रेष्ठलाई पनि जनही २ करोड ८६ लाख ५२ हजार बिगो रकम मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी