नेकपाको चियापानमा ४० लाख खर्च, खाजामा कसको थियो ठेक्का ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा ४० लाख रुपैयाँ खर्च गरेको छ । ५० हजारका लागि निम्ता दिइएको चियपानमा मान्छे भने ३३ देखि ३५ हजार जना भृकुटीमण्डप पुगेका थिए ।
दशैं तिहार, नेपाल संवत् र छठका लागि समेत गरी एकमुष्ठ आयोजना गरिएको शुभकामना आदानप्रदान एवं चियापानका लागि खाजा खुवाउने जिम्मा अर्पण क्याटरिङले पाएको थियो । अर्पण क्याटरिङका एकजना कर्मचारी रविन्द्र हुमागाइँका अनुसार, खानेकुरामा दूध बाहेक पानी सहितका अरु सामान उनीहरुले नै दिएका थिए ।
क्याटरिङले तयार पार्ने र निम्तालुहरुलाई दिने काममा कर्मचारी खटाएको थियो । शनिबारको चियाभोजमा १४ सय लिटर दूध भने क्याटरिङले नै किनेको थियो, करिब २५ हजार रुपैयाँको । हुमागाइँले स्टाफ परिचालन, खाजा तयार पार्नेदेखिको खर्चको हिसाब निकाल्न दुई चार दिन लाग्ने बताए । उनले नेकपाको चियापानमा ३३ हजारले खाजा खाएको जानकारी दिए ।
चियापान समारोहका लागि खर्चको बन्दोबस्त गरेको नेकपाको केन्द्रीय लेखा विभाग प्रमुख खेम पौडेलले भने चियापानमा ३५ हजारजति पाहुनालाई चिया खाजा खुवाइएको र मोटामोटी ४० लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।
५० हजारलाई निम्ता दिएकोमा १५ हजार किन घटे त ? उनले रमाइलो जवाफ दिए “तीमध्ये एकजना त पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पनि आएनन् नि !” ।
सबैको ध्यान चितवनमा प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उहाँले भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बनाउने बताउनुभयो ।
जिल्लामा रहेका ऐतिहासिक महत्व बोकेका स्थलहरु, विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज, दुई ठूला राप्ती र नारायणी नदी, धार्मिक महत्व बोकेको देवघाटजस्ता स्थलले गर्दा चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
विकास निर्माणका लागि यहाँका राजनीतिक दल र जनप्रतिनिधिको एकताले गर्दा जिल्लालाई नमूना बनाउन सकिने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका क्षेत्रको विकासका लागि यसअघि शहरी विकास, सिँचाइ, खानेपानी मन्त्रीले विशेष चासो देखाएको भन्दै अध्यक्ष प्रचण्डले सबैको ध्यान खिच्न चितवन सफल भएको बताउनुभयो ।
आफूले हिजो प्रधानमन्त्रीलाई भेट गरेको प्रसंग उल्लेख गर्दै उहाँले भरतपुर महानगरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सिटी हल निर्माणका लागि आफ्नो सहयोग रहने सन्देश पठाउनुभएको पनि बताउनुभयो । चितवन हुँदै रेलमार्ग, केरुङ ठोरी मार्गजस्ता पूर्वाधार यहाँ निर्माण हुन लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
सो अवसरमा पूर्वअर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले भरतपुर महानगर देशकै नमूना महानगर बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो महानगरले काठमाडौँ महानगरलाई उछिन्न सक्छ ।” आफ्नो छोटो मन्तव्यमा पौडेलले देशकै समृद्ध, विकसित र नमूना महानगर भरतपुरलाई बनाउन शुभकामना दिनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिल्लाका आफ्नो मन्त्रालयअन्तर्गतका चालू आवका योजनाहरु सार्वजनिक गर्नुभएको थियो ।
उहाँले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडक बनाइने, भरतपुर महानगरमा चक्रपथका लागि विस्तृत अध्ययन शुरु गरिने, हुलाकी राजमार्गको भरतपुरदेखि ठोरीसम्म पहिलो चरणमा काम शुरु गर्नेलगायत महत्वपूर्ण आयोजना घोषणा गर्नुभएको थियो । यसैगरी भरतपुर महानगर एवं जिल्लाका भित्री सडकहरुमा मन्त्रालयका योजनाहरुका बारेमा उहाँले जानकारी गराउनु भएको थियो ।
मन्त्री महासेठले जनतासँग गरेका प्रतिबद्धताअनुसार सरकार अघि बढेको बताउनुभयो । सरकारले सडकसँगै रेल र जलमार्गलाई प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो । सो अवसरमा महानगरका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, डिभिजन सडक कार्यालय चितवनका प्रमुख धर्मेन्द्र झालगायतले बोल्नुभएको थियो ।
प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि त आउनु भएन नि ? “उहाँ त अलिक सन्चो नभएर हो नि त”, उनले भने । नेकपाले निम्तालुहरुलाई चिया सहित बोहोतामा केरा, कचौरी निम्की खुवाएको थियो ।