युएईमा नेपाली चेलीहरुको झगडाः छुरा हानेर एकको हत्या, ३ जना घाइते



हाम्रो इकोनोमि

 

युएईमा नेपाली चेलीहरुबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि छुरा प्रहार गरेकी थिइन् ।

 

छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

 

गम्भीर घाइते ममता चौधरीको आईसियुमा उपचार भइरहेको छ । घटनामा घाइते सलिना मगर र आशा दर्जी उपचारपछि कार्यस्थल फर्किसकेका छन् । घाइते तीनजनाको ठेगाना भने खुलेकोे छैन ।

 

बिहीबार राति तामाङले मादक पदार्थ सेवन गरी झगडा सुरु गरेको र झगडाले उग्ररुप लिएपछि छुरा प्रहार गरेको नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

 

हत्यामा संल्गन तामाङलाई उनले प्रयोग गरेको छुरासहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान चलिरहेको र युएईको कानून अनुसार सजाय हुने दूतावासले जनाएको छ ।

 

युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छा अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुन सक्ने प्रावधान छ ।

 

चार वर्षअघि सोही कम्पनीमा दुई नेपालीबीच झगडा हुँदा एकको मृत्यु भएको थियो । जनकपुरका वीरेन्द्र शाहले (सुरी) पाँचथरका रञ्जीत खपाङ्गीको छुरा प्रहार गरी हत्या गरेका थिए । शाह अहिले युएईमा सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...