श्रीमती र छोराछोरी भेट्न सोमबार अस्ट्रेलिया जान भिषा र टिकट लिएर बसेका डिआइजी भण्डारीको अधुरै रहयो परिवारसंग भेट्ने सपना !



हाम्रो इकोनोमि

 

आफूबाट टाढा रहेका परिवारसँग भेट्ने दिन नजिकिँदै थियो। उनी उत्साही थिए। आइतबार समुदाय–प्रहरी साझेदारी कार्यक्रममा सहभागी हुने र सोमबार अष्ट्रेलिया यात्रा सुरू गर्ने उनको योजना थियो। सोमबार उड्न पासपोर्टमा भिषा लगाइसकेका थिए। हवार्इ टिकट समेत लिइसकेका थिए।

 

तर काभ्रेको मण्डनदेउपुरमा शनिबार भएको जीप दुर्घटनाले प्रहरी नायव महानिरीक्षक सुशील कुमार भण्डारीको अष्ट्रेलिया पुगेर परिवार भेट्ने सपना अधुरै बनाइदिएको छ।अष्ट्रेलिया जाने दिन पर्खिरहेका उनले भ्रमणका लागि प्रहरी संगठनबाट विदा स्वीकृत गराइसकेका थिए।

 

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार उनले १२ कार्तिकदेखि विदा स्वीकृत गराएका थिए। उनकै शाखाको समेत समन्वयमा तयार भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा लागि भण्डारी रोकिएका थिए। आफ्नै शाखाले ल्याउन लागेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम उद्घाटन सत्रमा सहभागी हुने र यात्रामा निस्किने उनको तयारी थियो।

 

‘परिवार भेट्न जाने भनेर विदा स्वीकृत गराइसकेका थिए’, प्रवक्ता एसएसपी सुवेदीले भने, ‘शनिबार विदा भएकाले घुमघाममा निस्किएका थिए होला, दुःखद घटना भयो।’अष्ट्रेलियामा भण्डारीका श्रीमती प्रमिला र छोराछोरी छन्।

 

भण्डारीसहित ६ जनाको समूह शनिबार काभ्रेको धुलिखेलबाट ३० किलोमिटर उत्तर पर्ने चुरियुगाबाट हिगुवापाटीतर्फ आउँदै थिए। हेलम्बु राजमार्ग अन्र्तत ढकालथोकमा उनीहरु चढेको बा ३ च २८७ नम्बरको टोयटा जिप अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खस्यो।

 

दुर्घटनामा गाडीमा रहेका ६ जनामध्ये धुलिखेलस्थित रेडियो गौरवका स्टेशन म्यानेजर जीवन पराजुली, विनोद कार्कीको घट्नास्थलमै मृत्यु भयो।उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका भण्डारीको ५ बजेर २५ मिनेटमा मृत्यु भएको हो।

 

 

उनका दुई छोरी र एक छोरा छन्। कैलाली स्थायी ठेगाना भएका भण्डारी बुढानिलकण्ठ स्कुलबाट एसलएलसी उत्तीर्ण हुन्। २०४६ माघ २९ मा अहिलेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका उनी आफ्ना प्रहरी सहकर्मीभन्दा बाहिर साथीसँग बढी घुलमिल गर्न रुचाउँथे।

 

 

नेपाल सरकारले बैशाखमा डिआइजी बढुवा गरेका भण्डारी महानिरीक्षक सचिवालय मातहत रहने अन्वेषण शाखामा कार्यरत थिए। स्नाकोत्तरसम्म अध्ययन गरेका उनी प्रहरीमा इमान्दार, गुनासो नगर्ने र खुराफात नजान्ने अधिकारीका रुपमा परिचित थिए। प्रहरी बढुवामा प्रायः पछाडि रहे पनि उनले भनसुनलाई कहिल्यै प्राथमिकता दिएनन्।

 

भण्डारीको मृत्युसँगै नेपाल प्रहरी संगठनले एक जना कुशल उच्च अधिकारी गुमाएको छ, जसले जीवनका २९ उर्जाशील वर्ष प्रहरी सेवामा खर्चेका थिए। श्रोत नेपाल खबर

 

साथीहरुसँग कलेज गएकी छात्रा अचानक बाटोमा ढलेपछि अस्पतालमा पुर्याउंदा उनको ब्यागबाट जे निस्कियो, डाक्टरको उड्यो होस् !

साथीहरुसंग कलेज गैरहेकी एक छात्रा बाटोमा अचानक बेहोस भएर ढलिन । उनी ढलेको देखेपछि बाटोमा हिँडिरहेका मानिसहरुले उनका साथीको सहयोगमा उनलाई तत्काल अस्पताल लिएर गए ।

 

अस्पताल पुर्याउनासाथ उनलाई इमरजेन्सीमा लगियो । जब डाक्टरले ती छात्राको ब्याग जाँच गरे त्यहाँबाट एउटा औषधीको बोतल निस्कियो । तर, डाक्टरले त्यो बोतल पनि खोलेर हेर्दा डाक्टरकै होस उड्यो । आखिर के थियो त्यो बोतलमा ?

 

घटना हो बिहारको भोजपुर जिल्लाको टाउन थाला इलाकामा घटेको । उनी साथीहरुसंग कलेज जाँदा बाटोमा झोलाबाट बोतल निकालेर केहि कुरा पिइरहेकी थिइन् । साथीहरुले सोध्दा आयुर्वेदिक औषधी हो भन्थिन् । तर अस्पताल पुर्याएपछि थाहा भयो उनको त्यो बोतलमा औषधी होइन रक्सि थियो ।

 

अस्पतालमा डाक्टरले इन्जेक्सन लगाउँदा ती छात्राले हंगामा गरिन् । उनले डाक्टरहरुलाई नै गालीसमेत गरिन् । उनले अस्पतालमा हंगामा गरेको खबर उनको घरमा पुगेपछि उनको परिवारले थाहा पाएर अस्पताल पुगे । नशाबाट उत्रिएपछि परिवारले छात्रालाई आफूसँगै लिएर गएका छन् ।

 

यस्तो पो रहेछ चिनियाँहरुको सुन्दरताको रहस्य ! घरेलु विधि थाहा पाउनुहोस

चिनियाँ युवतीहरु आफ्नो चम्किलो, बेदाग अनि नरम छालाको लागि चिनिन्छन्। वास्तवमा यस्तो छालाको पछाडी लुकेको छ उनीहरुको घरेलु तथा पारम्परिक तरिका। यसमा सबैभन्दा राम्रो कुरा यो हो कि यी उपाय हामीले पनि अपनाउन सक्छौ।

 

के हो चिनियाँहरुको सुन्दरताको रहस्य ?

चिनियाँ युवतीहरु चामलको पानीलाई टोनरको रुपमा प्रयोग गर्छन्। यसको लागि पालिस नगरिएको चामललाई एउटा भाँडोमा राखेर भिजाउँनुस। केही समयमा माथी सेतो तह देखिन्छ। त्यसपश्चात पानी मात्र छानेर त्यसलाई फ्रिजमा राख्नुस्।

 

यो पानी ३-४ दिनसम्म प्रयोग गर्न सकिन्छ। कपास (रुई)को मद्धतले यो अनुहारमा लगाउनुस्। ३-४ दिन पश्चात फेरि यसरी नै नयाँ पानी बनाएर फ्रिजमा राख्नुस्।

 

जवान देखिन ग्रिन टि : चिनियाँ युवती ग्रिन-टीको सहयोग लिन्छन्। हरेक दिन बिहान कप ग्रिन टि पिउँनाले पेट स्वस्थ्य हुनुको साथै नियमित प्रयोगले जवान देखिन मद्दत गर्छ।

 

सफा अनुहारको लागि : सफा अनुहारको लागि चिनियाँ युवतीहरु पुदिना प्रयोग गर्छन्। पुदिनाको पात पिसेर अनुहारमा लगाएर सुकेपछि धुन सकिन्छ।

 

चाउरीबाट बच्न : अनुहारलाई चाउरीपनबाट बचाउन चिनियाँ युवतीहरु अण्डा प्रयोग गर्छन्। अण्डाको सेतो भाग अनुहारमा लगाउनुस् अनि २० मिनेट पश्चात चिसो पानीले धुनुस्। अण्डामा हुने एस्ट्रिजेन्टले छाला कसिलो बनाउन मद्धत गर्छ। यसको साथै चिनियाँहरु मसाजमा विश्वास गर्छन्। मसाजले रक्त सञ्चार बढ्छ र कोषहरुको ‘रिजेनेरेशन’ बढ्छ जसको कारण आँखा सुन्निएको जस्तो हुन कम हुन्छ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...