प्रधानमन्त्री ओली अस्वस्थ, नेकपाकै चियापानमा जान सकेनन्



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् ।

 

नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

 

चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरेका थिए ।

 

सुरुमा प्रधानमन्त्री ओली ३ बजे आउने भनिएको थियो । तर, अन्तिम समयमा आएर सहभागी भएनन् । ‘स्वास्थ्यमा केही समस्या देखिएकाले नआउनु भएको हो । भौतिक रुपमा उपस्थित नभएपनि भावनात्मक रुपमा उपस्थित हुनुहुन्छ’ नेकपाका महासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरुलाई भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...