नेकपाको चियापान स्थलमा तनाव, वहिस्कार गर्न अपिल गर्दै पर्चा वितरण



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भृकुटीमण्डपस्थित चियापान स्थलमा तनाव भएको छ ।चियापान वहिस्कार गर्न अपिल गर्दै नेकपाभित्रकै असन्तुष्ट समूह  भनिएकाहरुले कार्यक्रमस्थलमा धमाधम पर्चा वितरण गर्न थालिएपछि तनाव भएको हो ।

 

नेकपा पक्षधर र पर्चा बाँड्नेहरुबीच केहीबेर तनाव हुन पुगेको बताइएको छ । उनीहरुले वितरण गरिएको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको छ ।

 

समानताको आधारमा एकता गरिनुपर्ने, विप्लव, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका कम्युनिष्ट पार्टीलाई पनि एकतामा ल्याइनुपर्ने, तत्कालिन नेकपा माओवादीको तर्फबाट नातावाद र कृपावादका आधारमा नेकपाको केन्द्रीय सदस्य बनेकाले त्यसलाई विघटन गरेर नयाँ केन्द्रीय समिति बनाइनुपर्ने, नागरिकको जनजिविकाको सवालमा पार्टीले  तत्काल पहलकदमी लिनुपर्नेलगायतका माग अघि सारिएको छ ।

 

नेकपाको चियापनः कचौरी, निम्की र चियाले स्वागत

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशै तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम गरेको छ ।

 

राजधानीको भृकुटीमण्डपमा जारी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए ।

 

उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व बताए ।

 

चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति छ । प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी ओली अपरान्ह ३ बजेपछि उपस्थित हुने कार्यक्रम छ ।

 

नेकपाले चियापानमा चिया, कचौरी, निम्की, केरा लगायत परिकार राखेको थियो । चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधरणको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...