आयल निगमको कार्यकारी निर्देशकमा अर्का गोपाल खड्कालाई नियुक्ति गर्ने तयारी ?



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्ति बिलम्ब भइरहेको छ । विगतमा सडकका भ्रष्ट गोपालबहादुर खड्काकै अर्को अवतारका रुपमा चिनिएका सिक्टा सिचाई डुबाएर वागमती सिंचाईमा सरुवा भएका डीई रमेशकुमार बस्नेतलाई नियुक्तिको तयारी भइरहेको छ ।

 

सुशासन कायम गर्ने केपी ओलीको अभियान बस्नेत जस्तैलाई नियुक्ति गरेपछि कसरी सफल हुन्छ भन्ने प्रश्न उठेको छ ।

 

निगमको जग्गा खरिदमा डेढ अर्ब भ्रष्टाचार गर्ने खड्कालाई बल्लबल्ल हटाइए पनि उनकै पथ अनुशरण गर्ने बस्नेतलाई नियुक्ति गर्ने तयारीमा सरकार छ ।

 

स्रोतका अनुसार बस्नेतलाई निगमको एमडीमा निवेदन हाल्न सल्लाह दिने कालिका कन्ष्ट्रक्सनका संचालक विक्रम पाण्डे हुन् । विगतमा गोपालबहादुर खड्काले जस्तै सिक्टा र रानीजमरामा सेटिङमा ठेक्का दिएर कमाएको रकम खर्चेरै उनी निगमको एमडी हुने दाउमा दौडधूप गरिरहेका छन् ।

 

सिक्टाको मूल नहर परीक्षणका क्रममा पटक पटक भत्किएपछि परामर्शदाता कम्पनी इआरएमसी र ठेकेदार कम्पनी सीटीसीई कालिका कन्ष्ट्रक्सनसँगै बस्नेत र त्यसअघिका आयोजना प्रमुख दिलीप कार्कीविरुद्ध अख्तियारले मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । राष्ट्रिय गौरवका सिक्टा र रानीजमरामा सेटिङमा ठेक्का दिएर बस्नेतले अरबौं भ्रष्टाचार गर्नेमा बस्नेतको नाम अग्रपंक्तिमा आउँछ ।

 

सिक्टामा ठेकेदार कम्पनी कालिकासँग मिलेर गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्दा पनि बेवास्ता गरेकै कारण मूल नहर भत्किएपछि उनलाई फिर्ता बोलाइएको थियो ।

 

डीई बस्नेत रानीजमरा कुलरिया सिंचाई आयोजना र सिक्टा सिंचाईमा अरबौं रुपैयाँ घोटाला गरेको रकम खर्चेर निगमको कार्यकारी निर्देशक हुन लागेका हुन् । सडकमा जसरी गोपाल खड्का बदनाम पात्र थिए त्यस्तै सिंचाईमा रमेशकुमार बस्नेत हुन् ।

 

उनलाई नेकपा बाँकेका सांसद महेश्वर गहतराजले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै लगेर नियुक्तिका लागि मोलतोल मिलाइसकेको समाचार छ । निगमको कार्यकारी निर्देशकका लागि अग्रिम बुझाउने घुसका लागि उनले जोहो गर्न तल्लीन भइसकेका छन् ।

 

निगमको निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन् । त्यसरी आँखा लगाउनेमध्येका सिक्टा सिंचाई आयोजना डुबाउने रमेशकुमार बस्नेतलाई बनाउनकै लागि असोज १२ गते आवेदन दिइसकेपछि छनोट प्रक्रिया नै अवरुद्ध छ ।

 

उनी दुई कार्यकाल सिक्टाका आयोजना प्रमुख भएका थिए । सिक्टाको मूल नहर भत्किएपछि उनलाई वागमती सिंचाई आयोजनाको प्रमुखमा सरुवा सरुवा गरिएको छ ।

 

सिक्टाको मूल नहर भत्किनुमा मुख्य दोषी बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नसक्ने संभावनालाई मध्यनजर गरी बिलम्ब भइरहेको हो ।

 

स्रोतका अनुसार बस्नेत बिरुद्ध मुद्दा नचलाउन नेकपा अध्यक्ष दाहालबाटै दबाब समेत दिइएको छ । दुई कार्यकाल सिक्टाको आयोजना प्रमुख भएका उनलाई र मुख्य दोषी इआरएमसी कन्सलटेन्सीलाई मुद्दा नचलाउन अख्तियारका आयुक्तहरुमाथि चर्को दबाब परिरहेको छ ।

 

इआरएमसीका संचालक उद्धवराज चौलागाईले त अख्तियारका अनुसन्धान अधिकृत कुसाङ शेर्पाहरुलाई बानेश्वरको बेइजीङ डगमा लगेर प्रलोभन नै दिइसकेका छन् ।

 

बस्नेतले सिक्टा सिंचाई आयोजनाबाट ३ अर्ब ५० करोड रुपैयाँको एउटा टेण्डर पनि मिलेमतोमै कुमार कन्ष्ट्रक्सनलाई दिएका थिए । उक्त टेण्डरमा पाँच वटा कम्पनीले भाग लिएका थिए ।

 

अरु ठेकेदारलाई ४० लाखका दरले कुमार कन्स्ट्रक्सनले दिएर पूरा मूल्यमा ठेक्का पाएको थियो । स्रोतका अनुसार यदि प्रतिस्पर्धा भएको भए २ अर्ब ५० करोडदेखि ३ अर्ब रुपैयाँसम्ममा काम हुनसक्थ्यो ।

 

तर आयोजना प्रमुख बस्नेत र ठेकेदारहरूको मिलेमतोमा सरकारले छुट्याएको अधिकतम रकम ३ अर्ब ५० करोडमै कुमार कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । रानीजमराको प्रमुख हुँदा बस्नेतले १ अर्ब ७० करोडको ठेक्का पनि मिलेमतोमै दिएर सरकारलाई नोक्सान पारेका थिए ।

 

सिँचाइ मन्त्रालयस्रोतका अनुसार सो आयोजनाको एक अर्ब ७० करोडको ठेक्का प्रक्रियामा कालिका कन्ष्ट्रक्सनलाई मिलेमतो गरी ठेक्का दिएर ठूलो रकम घुस खाएको आरोप उनीमाथि लागेको हो ।

 

उक्त ठेक्का प्रक्रियामा टेण्डर खुलेपछि कालिका कन्ष्ट्रक्सन कम्पनी, स्वच्छन्द निर्माण सेवा, तुँदी कन्ष्ट्रक्सन र एक चिनियाँ कम्पनीले टेण्डर प्रस्ताव गरेका थिए ।

 

ठेक्का हाल्ने चार वटा कम्पनीमध्ये कालिका कन्ष्ट्रक्सन कम्पनीलाई ठेक्का दिई बाँकी ३ वटा टेण्डर हाल्ने कम्पनीहरूलाई च्याँखे दिएका थिए । बस्नेतले रानीजमराको प्रमुख हुँदा कैलालीमा दुईवटा ३ अर्बको ठेक्कामा पनि अनियमित रुपमा मिलेमतोमा ठेक्का दिई करोडौं रुपैयाँ घुस खाएको आरोप छ ।

 

निगमको कार्यकारी निर्देशकका लागि दरखास्त दिनेमा डा. सरोज कोइराला, गोविन्दप्रसाद खरेल, मंगललाल श्रेष्ठ, प्रलयंकर आचार्य, नारद थापा, अनिलकुमार झा, सुरेन्द्रकुमार पौडेल, मुकेश काफ्ले, तारानाथ पौडेल, रामप्रसाद धिताल, शिवहरि श्रेष्ठ, अच्यूत पहाडी, लोकबहादुर खड्का, शिवराम यादव, गोबद्र्धन खड्का लगायत छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...