यौन उत्पीडनको आरोपमा गुगलका वरिष्ठ म्यानेजरसहित ४८ जनाको जागिर चट्



हाम्रो इकोनोमि

 

 

गुगल कम्पनीले १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ । पछिल्लो दुई वर्षदेखि उनीहरुलाई यौन उत्पीडनको आरोप लागेको थियो ।

 

गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना उत्पीडनका आरोप लागेका कर्मचारीहरुको नाम उल्लेख गरेको पत्रमा कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेपछि यस्तो फैसला लिएको बताएका छन् ।

 

यो पत्र न्यूयोर्क टाइम्सको त्यो रिपोर्टको जवाफमा लेखिएको हो जहाँ एन्ड्रोइड निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो भनेर उल्लेख गरिएको थियो ।

 

रुबिनले सन् २०१४ मा कम्पनी छोडेका थिए । त्यतिबेला पनि पत्रिकाले उनको शानदार विदाई गरिएको उल्लेख गरेको थियो ।

 

पिचाईले पत्रमा गूगल आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले यौन उत्पीडनको आरोप लागेका सबै कर्मचारीमाथि अनुसन्धान गरेका छौँ । त्यसपछिमात्रै जागिरबाट हटाउने फैसला लिएका हौँ ।’ एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...