नेकपा अध्यक्ष प्रचण्ड एक दिने भ्रमणको लागि दिल्ली प्रस्थान



हाम्रो इकोनोमि

 

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ मा भाग लिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण प्रस्थान गरेका छन्।

 

दाहालले भारतको छोटो भ्रमणका क्रममा त्यहाँका नेताहरुसँँग भेटघाट नगर्ने बताएका छन् । पार्टीको धारण,देशको पछिल्लो राजनीति घटना क्रम र दुइदेश बिचको सम्बन्धको बारेमा आफ्नो धारण राख्ने अध्यक्ष दाहालले बताए ।

 

एक दिनको मात्रै भ्रमण तालिका भएकाले कुनै भेटघाट नराखिएको संचारकर्मीलाई दाहालले जानकारी दिए । दाहालले इन्डिया आइडिया कन्क्लेभ–२०१८’ लाई सम्बोधन गर्नेछन् ।

 

इन्डिया फाउन्डेसनको अध्यक्ष राम माधवको निमनत्रणामा दाहाल दिल्ली गएका हुन । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।

 

नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली गएका हुन् । दाहाल आजै बेलुका ८ बजे फर्कने कार्यतालिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...