किन पठाईए ओबामा र क्लिन्टनलाई विष्फोटक पदार्थ ?



हाम्रो इकोनोमि
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनसहित उच्च व्यक्तित्व र सञ्चार माध्यममा हुलाकमार्फत् शंकास्पद विष्फोटक पदार्थ पठाइएको खुलासा भएको छ ।

२३ अक्टोबरमा क्लिन्टन र त्यसको भोलिपल्ट ओबामाको ठेगानामा विष्फोटक पदार्थ पठाइएको थियो । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसका अनुसार दुवै ठेगानामा एउटै शैलीमा विष्फोटक पदार्थ प्याक गरेर पठाइए पनि ती कुनै पनि विष्फोट भने भएनन् ।

ओबामा र क्लिन्टनको ठेगानामा पुग्नुअगावै विष्फोटक पदार्थ नियन्त्रणमा लिइएको जनाइएको छ छ । सर्भिसका अधिकारीहरूले वासिंटन डीसीमा ती विष्फोटक पदार्थ नियन्त्रणमा लिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा भने सम्पूर्ण सरकारी निकायहरुलाई छल्दै त्यस्तो विष्फोटक पदार्थ पुर्‍याइएको छ । जसको त्रासले

टेलिभिजनको समाचार कक्ष नै खाली गराइएको समाचारहरु प्रकाशमा आएका छन् । अमेरिकामा यस्ता विष्फोटक पदार्थ हुलाकमार्फत् पठाइएको यो पहिलो घटना भने होइन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि यसैगरी विष्फोटक पदार्थ पठाइएको खबर प्रकाशमा आएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिमा शिष्ट र सभ्य हुन अमेरिकी जनतालाई आग्रह गरेका छन् । हुलाकमार्फत ओबामा, क्लिन्टन र सीएनएनको कार्यालयमा विष्फोटक पदार्थ पठाइएको घटना प्रकाशमा आएसँगै ट्रम्पले यस्तो आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...