किन पठाईए ओबामा र क्लिन्टनलाई विष्फोटक पदार्थ ?



हाम्रो इकोनोमि
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनसहित उच्च व्यक्तित्व र सञ्चार माध्यममा हुलाकमार्फत् शंकास्पद विष्फोटक पदार्थ पठाइएको खुलासा भएको छ ।

२३ अक्टोबरमा क्लिन्टन र त्यसको भोलिपल्ट ओबामाको ठेगानामा विष्फोटक पदार्थ पठाइएको थियो । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसका अनुसार दुवै ठेगानामा एउटै शैलीमा विष्फोटक पदार्थ प्याक गरेर पठाइए पनि ती कुनै पनि विष्फोट भने भएनन् ।

ओबामा र क्लिन्टनको ठेगानामा पुग्नुअगावै विष्फोटक पदार्थ नियन्त्रणमा लिइएको जनाइएको छ छ । सर्भिसका अधिकारीहरूले वासिंटन डीसीमा ती विष्फोटक पदार्थ नियन्त्रणमा लिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा भने सम्पूर्ण सरकारी निकायहरुलाई छल्दै त्यस्तो विष्फोटक पदार्थ पुर्‍याइएको छ । जसको त्रासले

टेलिभिजनको समाचार कक्ष नै खाली गराइएको समाचारहरु प्रकाशमा आएका छन् । अमेरिकामा यस्ता विष्फोटक पदार्थ हुलाकमार्फत् पठाइएको यो पहिलो घटना भने होइन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि यसैगरी विष्फोटक पदार्थ पठाइएको खबर प्रकाशमा आएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिमा शिष्ट र सभ्य हुन अमेरिकी जनतालाई आग्रह गरेका छन् । हुलाकमार्फत ओबामा, क्लिन्टन र सीएनएनको कार्यालयमा विष्फोटक पदार्थ पठाइएको घटना प्रकाशमा आएसँगै ट्रम्पले यस्तो आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...