निर्मला हत्या प्रकरणः अनुसन्धानमा लापरबाही नगरेको निलम्बित एसपी विष्टको दाबी
कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा अनुसन्धान र छानविनमा अाफूले लापरवाही नगरेको भन्दै कञ्चनपुरका निलम्बित एसपी विष्टले स्पष्टिकरण पेश गरेका छन ।
उनले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही नगरेको भन्दै प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका हुन ।
विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण बुधबार नै गृह मन्त्रालय पठाइएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार विष्टले बुझाएको स्पष्टीकरण जस्ताको तस्तै गृह मन्त्रालयमा पठाइएको छ ।
विष्टलार्इ निर्मला हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयले किन कारबाही नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार विष्टलार्इ फेरि जवाफ चित्त नबुझेको भन्दै स्पष्टिकरण सोधिने सम्भावना छ ।