काँग्रेसभित्रको किचलो कायमै,सभापतिलाई शक्तिशाली बनाउने मस्यौदामा पौडेल र सिटौलाको आपत्ति



हाम्रो इकोनोमि

 

नयाँ बन्दै गरेकाे विधानमा  सभापतिलाई शक्तिशाली बनाउने गरी  परिमार्जन गर्ने संस्थापन पक्षको योजना कमजोर हुँदै गएको छ । विधानको प्रारम्भिक मस्यौदामा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आपत्ति जनाएको पछि स‌ंस्थापन पक्ष कमजाेर बनेकाे हाे ।

 

सभापति शेरबहादुर देउवा पक्षको बहुमत रहेको विधान मस्यौदा समितिले सभापतिलाई थप बलियो बनाउने गरी सभापतिबाहेकका सबै ९ पदाधिकारी मनोनीत गर्ने प्रस्ताव गरेको थियो । त्यसमा पौडेल–सिटौला पक्षले असहमति जनाएको छ । मिश्रित प्रणाली अपनाउनुपर्ने उनीहरूको माग छ । जिल्ला तहबाट पनि अधिकांश सुझाब मिश्रित प्रणाली अपनाउनुपर्ने आएपछि संस्थापन पक्ष थप दबाबमा परेको छ ।

 

सबै पदाधिकारी मनोनीतको व्यवस्था गर्दा सभापति शक्तिशाली र निरंकुश बन्ने पौडेल–सिटौला पक्षको निष्कर्ष छ । प्रस्तावित विधान मस्यौदामा मिश्रित प्रणालीलाई दोस्रो विकल्पका रूपमा राखिएको थियो । पदाधिकारी संख्या बढाउने या नबढाउने विषयमा पनि समितिमा फरक मत छ । अहिले रहेको पदाधिकारी संख्या नै राखेर थप्ने–नथप्ने जिम्मा केन्द्रीय समितिलाई दिने विधान समितिको तयारी छ ।

प्रस्तावित विधानअनुसार केन्द्रीय समितिको संख्या १०३, १२३ वा १३३ मध्ये एक हुँदा पदाधिकारी पनि बढ्ने लगभग निश्चित छ । केही सिनियर नेताले केन्द्रीय समितिको अधिकार घटेर प्रदेशमा जाने भएपछि केन्द्रीय समितिको आकार बढ्ने विषय स्वाभाविक नभएको बताइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...