काँग्रेसभित्रको किचलो कायमै,सभापतिलाई शक्तिशाली बनाउने मस्यौदामा पौडेल र सिटौलाको आपत्ति



हाम्रो इकोनोमि

 

नयाँ बन्दै गरेकाे विधानमा  सभापतिलाई शक्तिशाली बनाउने गरी  परिमार्जन गर्ने संस्थापन पक्षको योजना कमजोर हुँदै गएको छ । विधानको प्रारम्भिक मस्यौदामा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आपत्ति जनाएको पछि स‌ंस्थापन पक्ष कमजाेर बनेकाे हाे ।

 

सभापति शेरबहादुर देउवा पक्षको बहुमत रहेको विधान मस्यौदा समितिले सभापतिलाई थप बलियो बनाउने गरी सभापतिबाहेकका सबै ९ पदाधिकारी मनोनीत गर्ने प्रस्ताव गरेको थियो । त्यसमा पौडेल–सिटौला पक्षले असहमति जनाएको छ । मिश्रित प्रणाली अपनाउनुपर्ने उनीहरूको माग छ । जिल्ला तहबाट पनि अधिकांश सुझाब मिश्रित प्रणाली अपनाउनुपर्ने आएपछि संस्थापन पक्ष थप दबाबमा परेको छ ।

 

सबै पदाधिकारी मनोनीतको व्यवस्था गर्दा सभापति शक्तिशाली र निरंकुश बन्ने पौडेल–सिटौला पक्षको निष्कर्ष छ । प्रस्तावित विधान मस्यौदामा मिश्रित प्रणालीलाई दोस्रो विकल्पका रूपमा राखिएको थियो । पदाधिकारी संख्या बढाउने या नबढाउने विषयमा पनि समितिमा फरक मत छ । अहिले रहेको पदाधिकारी संख्या नै राखेर थप्ने–नथप्ने जिम्मा केन्द्रीय समितिलाई दिने विधान समितिको तयारी छ ।

प्रस्तावित विधानअनुसार केन्द्रीय समितिको संख्या १०३, १२३ वा १३३ मध्ये एक हुँदा पदाधिकारी पनि बढ्ने लगभग निश्चित छ । केही सिनियर नेताले केन्द्रीय समितिको अधिकार घटेर प्रदेशमा जाने भएपछि केन्द्रीय समितिको आकार बढ्ने विषय स्वाभाविक नभएको बताइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...