पत्रकार रामचन्द्र हुमागाईंको निधन



हाम्रो इकोनोमि

 

‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा  निधन भएको छ ।

कलेजो रोगबाट पीडित हुमागाईंको आईतबार  दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा निधन भएको हो ।

उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हुमागाईंप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष डा जगदीशचन्द्र भण्डारीलगायत आर्यघाट पुग्नुभएको थियो । दिवङ्गत हुमागाईंको एक छोरा र एक छोरी छन् ।

हुमागाईं क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार तथा काठमाडौँ जिल्ला संयोजक हुनुहुन्थ्यो । उहाँ ‘वर्गदृष्टि’ साप्ताहिकका स्तम्भकार पनि हुनुहुन्थ्यो । महासङ्घका अध्यक्ष इन्द्र राउतले आज शोक विज्ञप्ति जारी गरी उहाँको निधनबाट सङ्गठनका साथै जनपक्षीय पत्रकारिता तथा आमूल परिवर्तनको आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको जनाउनुभएको छ ।

यसैगरी नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाका अध्यक्ष शन्तराम विडारीले पनि दिवङ्गत हुमागाईंप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...