एसपी विष्ट र इन्सपेक्टर भट्टलाई आज बर्खास्त गर्ने तयारी, गृह मन्त्रालयमा पुग्यो पत्र



 

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई बर्खास्त गर्ने तयारी भएको छ ।

 

प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै सेवाबाट बर्खासीका लागि निलम्बीत एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बीत इन्सपेक्टर जगदिश भट्टलाई वर्खास्त गर्न गृहमा पत्र पठाएको हो ।

 

गृहस्रोतका अनुसार सम्भवतः आइतबार (आजै) गृहसचिवस्तरीय निर्णयबाट उनीहरुलाई वर्खास्त गर्ने निर्णय गर्नेछ । प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुने व्यवस्था छ ।

 

 

प्रहरी प्रधान कार्यालयका एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित अनुसन्धान टोलीले एसपी विष्टसहित इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सुझाव दिएपछि प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र पठाएको हो ।

 

गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते मृत अवस्थामा उखुवारीमा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निर्मला हराएको भन्दै साउन १० गते साँझ नै वडा प्रहरी कार्यालयमा खबर गर्दा प्रहरीले ‘भोली खोजौंला’ भन्दै टारेको निर्मलाका आफन्तले आरोप लगाउँदै आएका छन् ।

 

 

तत्कालीन समयमा इन्सपेक्टर भट्ट नै वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख थिए । यसअघि सरकारद्वारा गठित समितिले पनि निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले चरम लापरवाही गरेको निष्कर्स निकालेको थियो ।

 

निर्मला हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तका रुपमा भीमदत्तनगर १९ का दिलिपसिहं विष्टलाई सार्वजनिक गरेपछि उनको डीएनए म्याच नभएपछि उनी साधारण तारेखमा रिहा भएका थिए ।

 

 

दिलिपलाई मुख्य नक्कली अभियुक्तको रुपमा सार्वजनिक गर्ने सीआईबीका डीएसपी अंगुर जिसीको पनि प्रमुख भूमिका थियो । जिसीसहित ६ जना प्रहरी हाल निम्बनमा छन् । निर्मला हत्या प्रकरणमा कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले प्रमाण लुकाउन खोजेको आरोप स्थानीयले लगाउँदै आएक छन् ।

 

एसपी विष्टले भने आफूमाथी प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिररहेको बताए । ‘‘मलाई वर्खास्त गर्नेबारे जानकारी छैन् । ममाथी कस्तो किसिमको कार्वाही हुन्छ या हुँदैन,त्यसको प्रकृती हेरेर मात्रै आवश्यक कदम चाल्छु,’’ एसपी विष्टले भने ।

 

मदिरा पिएर विद्यालय पुगेका हेड सरले यसरी बितण्डा मच्चाए

शिवनाथ गाउँपालिका–५ मा रहेको कैलपाल आधारभूत विद्यालयका प्रधानाध्यापक नरीदत्त पन्तले मदिरा पिएर विद्यालयमा बितण्डा मच्चाएको घटना लामो समयपछि सार्वजनिक भएको छ ।

 

प्रधानाध्यापक पन्तले गत फागुन ३० गते विद्यालयमा भएको अभिभावक भेलामा मदिरा पिएर होहल्ला गरेको घटनाको भिडियो फेसबुकबाट सार्वजनिक भएको हो ।

 

१० वर्षदेखि त्यस विद्यालयको आयव्यय विवरण समेत सार्वजनिक नभएको अवस्थामा डाकिएको अभिभावकको बैठकमा प्रधानाध्यापक पन्तले मदिरा पिएर अभद्र व्यवहार गरेको वडा नं ५ का वडा सदस्य गणेशदत्त पन्तले बताए ।

 

घटनाको भोलीपल्ट भएको अभिभावक भेलामा प्रधानाध्यापकले माफी मागेका थिए । उनले त्यहाँ वैशाख १ गतेभित्र हिसाब बुझाउने सहमति समेत गरेका थिए ।

 

‘दश वर्षदेखि विद्यालयको आयव्यय विवरण सार्वजनिक भएको थिएन’, उनले भने ‘त्यसमै छलफल गर्न बोलाइएको भेलामा प्रधानाध्यापक पन्तले मदिरा पिएर भाँडभैलो गरेका हुन् ।’

 

वैशाख १ गतेभित्र विद्यालयको आयव्यय विवरण बुझाउने भनिए पनि प्रधानाध्यापक पन्तले अहिलेसम्म पन्तले बताए । विद्यालयको हिसाबकिताब अहिलेसम्म सार्वजनिक हुन सकेको छैन भने प्रधानाध्यापक पन्तले मदिरा पिएर हल्ला गरेको भिडियो फेसबुकभरी छाएको छ ।

 

यो बिषयमा प्रधानाध्यापक पन्तले आफूले मदिरा पिएको स्वीकार गरेका छन् ।

तर आफूले माफी मागेपछि घटना कसरी बाहिर आयो भन्ने कुरा थाहा नभएको उनले बताए ।

 

‘मलाई विद्यालयको बिषयमा छलफल गरौं भनेर बोलाए । यस्तो गर्लान् भन्ने थाहा नै थिएन । म २०७१ सालदेखि मात्रै प्रधानाध्यापक भएको हुँ हिसाब त अघिदेखिको बाँकी नै छ’, उनले भने, ‘विद्यालयको आयव्यय विवरण बुझाउन अडिटरलाई अडिट गर्ने जिम्मासमेत दिइसकेको छु ।’

कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली चेलीको हृदयघातबाट मृत्यु

 

बिगत ६ बर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा खुदुनाबारी ४ घर भएकी तेज माया पौडेल रहेको जनाइएको छ ।

 

४३ वर्षीया पौडेलको हृदयघातका कारण मृत्यु भएको समाचारमा उलेख छ ।

अस्वस्थ महसुस भएपछि उनि फर्वानियास्थित मेट्रो क्लिनिकमा उपचार गराउन गएकी थिइन् । मेट्रोले साधारण उपचार गराइ एम्बुलेन्स मार्फत फर्वानिया हस्पिटलमा रिफर गरेको थियो । फर्वानिया हस्पिटलमा उपचार गर्दा गर्दै डाक्टरले उनलाइ मृत घोषणा गरेका थिए ।

 

कुवेतस्थित नेपाली राजदुतावासले मृतकको शव नेपाल पठाउन प्रक्रिया अगाडी बढिरहेको जनाएको छ ।

चिन्नुहोस यी दानवलाइ जसले ८ महिने शिशुको बलात्कारपछि हत्या गरे

 

इटहरी, कात्तिक ३ । महोत्तरी औराही–१ को ८ महिने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त साह प्रहरीको उच्च खोजीमा रहेको थियो ।

 

सप्तरीबाट सुनसरीतिर आउने क्रममा कोशी ब्यारेज क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

 

महिला तथा बालबालिका विरुद्धको अपराधमा प्रहरीले अपनाएको उच्च सुरक्षा रणनीति तथा सुनसरी प्रहरीले अघि बढाएको आपराधिक गतिविधि नियन्त्रण अभियानअन्तर्गत सूक्ष्म जाँच गर्ने कार्यमा खटिएका प्रहरी टोलीले अभियुक्तको हुलियाका आधारमा आज १ बजेतिर उनलाई नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो ।

 

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा राखिएको पनि प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

 

 एक किशोरीले बलात्कारको आरोप लगाउँदै बार्गेनिङ सुरु गरेपछि…

बलात्कार जस्तो जघन्य अपराधलाई कतिपय मानिसले रिसइबी साँध्ने र फसाउने अस्त्रका रुपमा प्र्रयोग गर्दै आएका छन् । कतिपय अवस्थमा प्रेममा परेका युवायुवतीबीच सहमतिमै शारीरिक सम्पर्क हुने र पछि परिवार तथा आफन्तको दबाबमा बलात्कार मुद्धा दर्ता गर्ने गलत धन्दा पनि बढ्दो छ ।

 

यस्तै एक घटनाका कारण अहिले आरोपित युवा डिल्ली बजार कारागारमा छन्, भने यता पीडित भनिएकी किशोरीले आरोपित युवकको आमालाई फोन गर्दै पैसा मागिरहेकी छन् ।

 

खोटाङ घर भएकी एक किशोरीले एक महिनाअघि उनले आँफु माथि जबरजस्ती करणी गरेको भन्दै भक्तपुर बालकोटका परियार थरका एक युवक विरुद्ध ठिमी प्रहरी चौकीमा उजुरी दिइन् । यही कारण प्रहरीले २७ दिनको अनुशन्धानपछि भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि डिल्ली बजार कारागार पठायो ।

 

आरोपित युवककी आमाका अनुसार उनिहरुसँगै एउटै कोठामा सुत्थे । करिब एक सातादेखि सबै सँगै थिए । रामैं चलिरहेको थियो । तर भौै २७ गते किशोरीका काका मातेर आएर युवक माथि हातपात गरे ।

 

यही कारण युवककी आमाले प्रहरीलाई खबर गरिन् । उता घाइते युवकलाई उपचारका लागि अस्पताल लगियो । उनको उपचारका क्रममा चिकित्सकले समेत कुटपिटबाट घाइते भएको देखाए ।

 

प्रहरीमा युवकलाई कुट्ने काकाविरुद्ध उजुरी पर्नुपर्नेमा उल्टो उनि माथि बलात्कार उजुरी दर्ता भयो । किशोरीले जबरजस्ती करणको मुद्धा हालेपछि युवकले सहमतिमै शारीरिक सम्पर्क भएको जबरजस्ती नभएको दाबी गरे । काकाविरुद्ध कुटपिटका उजुरी गर्ने डरले उल्टो किशोरीलाई प्रयोग गरिएको अहिले आरोपित पक्षको दाबी छ ।

 

अहिले दैनिक जसो पीडित भनिएकी किशोरीले परियारकी आमालाई फोन गर्छन् र २ लाख रुपैयाँ दिए मुद्धा फिर्ता लिइदिने बताउँछन् । गरिब परिवारका उनिहरु रङरोगन तथा ज्याला मजदुरीको काम गरेर जीविको पार्जन गरिरहेका छन् । अहिले उनिहरुसँग २ लाख पैसा छैन ।

 

प्रहरीमा काकालाई कुटपिट गरेको कुनै उजुरी दर्ता भएको छैन । अहिले पनि किशोरीले आँफुहरुको सहमतिमै सबै भएको तर परिवारको दबाबमा उजुरी गरेकाले २ लाख पैसा दिए उजुरी फिर्ता गर्ने बताउँछन् ।

 

नयाँ मुलुकी ऐन अनुसार १८ वर्ष कम उमेरमा सहमतिमै शारीरिक सम्बन्धमा भएपनि बलात्कार मानिन्छ । अहिले परियार पुर्पक्षका लागि थुनामा छन् । यो मुद्धा भक्तपुर जिल्ला अदालतमा छ ।

.

प्रतिक्रिया दिनुहोस
अर्को पार्टीमा जान्नँ, नयाँ ढंगले अघि बढ्छु : डा.भीम रावल

    –तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ

विभान्ता, हिमाल डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल

हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।