बलात्कारीलाई पहिले हानियो गोली, अनि क्रेनले झुन्ड्याइयो ! 



 

नेपालमा बालिका बलात्कारका घटना दिनदिनै बढिरहेका छन् । विशेष गरेर आफ्नो यौन प्यास मेट्ने नाममा बालिकाहरुलाई यौन हिंसाको शिकार बनाउँदै ज्यान लिने क्रम पनि बढ्दो छ।

 

तर बलात्कारका घटना बढिरहँदा दोषीमाथि सजायका घटना भने कमै सनिन्छन् । बलात्कारीलाई फाँसी दिनुपर्ने आवाज उठे पनि जेल सजाय पनि छोटो समय हुने गरेको छ।

 

नेपालमा बलात्कारका घटना बढिरहँदा यमनबाट बलात्कारीलाई दिइएको कठोर सजायको एउटा समाचार आएको छ । यमनमा एक बालकबमाथि बलात्कारको मामिलामा दोषी ३ जनालाई दिइएको सजायले जोकसैको मुटु हल्लिन्छ । यो सजाय थाहा पाउनेले बलात्कारसहितका अपराध गर्न हजार पटक सोच्न बाध्य हुन्छ ।

 

 

यमनमा यी दोषीहरुलाई कयौँ मानिसका अगाडि गोली हानेर झुन्डाइएको छ । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका यिनीहरुलाई पहिले गोली हानियो अनि एउटा क्रेनले झुन्डाइयो ।

 

 

क्रेनबाट झुन्डाएर एउटा सन्देश दिन खोजिएको हो । क्रेनबाट झुन्डाएर यस्तो घिन लाग्दो काम गर्नेलाई कस्तो सजाय हुँदो रहेछ भन्ने देखाउन खोजिएको हो । यो सजाय मानिसलाई अपराध गर्नुअघि डरले घर जमाओस भन्नका लागि दिइएको हो ।

 

गोली हान्नुअघि उनीहरुलाई एउटा कपडामा बस्न लगाइयो, त्यसपछि उनीहरुलाई गोली हानियो । अनि पराधधीहरुको मनमा भय पैदा गर्नका लागि उनीहरुलाई दिउँसै कयौँ मानिसका सामू झुन्डाइएको हो ।

 

 

अपराधमाथ लगाम कस्नका लागि यस्तो कोशिश विवादित त छ तर कयौँ मानिसहरु यसलाई पनि न्यायको एउटा रुप मान्छन् । यमनको राजधानी सनाको बीच चौरमा दिइएको यो सजायले विश्वभर फेरि नयाँ बहस सुरु गरेको छ।

 

 

यी तीनैजनामाथि १० वर्षका बालक मोसाद सलेह अल मोथानालाई पहिले बलात्कार अनि हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

 

३ सन्तानकी आमासँग २० वर्षीया युवकको प्रेमसम्बन्ध, एउटै डोरीमा झुण्डिएर हात्महत्या

 

३ सन्तानकी आमा र २० वर्षीया युवकबीच प्रेम बढ्दै गएपछि खतरनाक कदम उठाएका छन्। उनीहरुको प्रेमले चर्चा पाउन थालेपछि उनीहरुले एउटै डोरीमा झुण्डिएर हात्महत्या गरेका छन्।

 

यो घटना भारतको झाडोलस्थित उदयपुर भन्ने स्थानको हो। आत्महत्या गरेकी महिला ३ सन्तानकी आमा हुन भने युवकको विवाह भएको थिएनन्। उनीहरुबीच केही समयदेखि प्रेम प्रसंङ्ग चलिरहेको थियो।

 

उनीहरुको प्रेमले गाउँमा चर्चा पाउन थालेपछि उनीहरुले आत्महत्या गरेको हुन सक्ने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

घटनास्थल पुगेको प्रहरी टोलीले उनीहरुका परिवारसँग सोधपुछ गरिरहेको समाचारमा उल्लेख छ। उनीहरुको साथमा कुनै सुसाइड नोट पनि भेटिएको छैन्।

 

अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु

अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ । यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए ।

 

फाइभ स्टार हायात होटलमा पेस्तोल देखाउदै गुण्डागर्दी: यी हुन पेस्तोल देखाएर धम्काउने नेताका छोरा (भिडियो)

नयाँ दिल्ली । दिल्ली स्थित एउटा फाइभ स्टार हायात होटलमा पेस्तोल देखाउदै गुण्डागर्दी गरेको आरोप लागेका विएसपीका पूर्व सांसद रमेश पाण्डेयका छोराले अन्ततः अदालत सामु आत्मसपर्मण गरेका छन् ।

 

दिल्लीको भीका जी कामा स्थित पाँच तारे हायात होटलमा १३ अक्टुबरको राती विवाद चलेको थियो। घटनाको खुलासा उक्त घटना भएको २ दिन भएको थियो।

 

जव सिसिटिभी फुटेज सार्वजनिक भयो तव उक्त भिडियो भाइरल बनेको थियो। १ मिनेट १४ सेकेन्डको भिडियोमा आशिष पाण्डेयले गुण्डागर्दी गरे जस्तो देखिएको भन्दै देशभर चौतर्फी आलोचना भएको थियो ।

 

उनले प्रहरी सामु आत्मसर्मपण गर्नु अघि भिडियो सन्देश मार्फत एक पक्षको मात्र कुरा सुनेर आफु माथि अन्याय भएको बताएका छन् । पाण्डेयले दिल्ली स्थिती पटियाला हाउस कोर्टमा आत्मसर्मपण गरेका हुन।विएसपीका पूर्व सांसद रमेश पाण्डेयका छोरा आशिष विरुद्ध अदातलले बुधबार मात्रै पक्राउ पुर्जी जारी गरेको थियो ।

 

अदालतमा आत्मसर्मण गर्न पुगेका आशिषले आफूलाई ठुलै अपराधी जस्तो बव्यहार गर्न खोजिएको बताएका छन्। भाइरल भएको भिडियोमा देखाइएको छ आशिष पेस्तोल लिएर होटलको गेटमा उभिएका छन् । जहाँ उनी एक जोडीलार्य धम्काउँदै छन्।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी