गृहजिल्ला झापा आउँदै प्रधानमन्त्री ओली : यस्तो छ आजको कार्यक्रम



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउँदै हुनुहुन्छ । हरेक बर्ष गृहजिल्लामा आफैंले आयोजनना गर्ने चियापान कार्यक्रमका लागि प्रधानमन्त्री ओली झापा आउन लाग्नुभएको हो ।

 

प्रधानमन्त्री ओली आज बिहान १० बजे काठमाडौंबाट गृहजिल्ला झापा आउने कार्यक्रम रहेको छ । पौने ११ बजे गृहजिल्ला झापा उत्रिएलगत्तैबाट प्रधानमन्त्री ओली भेटघाट र कार्यक्रममा ब्यस्थ हुनुहुनेछ ।

 

झापामा रहँदा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रममा सहभागी हुनुहुनेछ । सो कार्यक्रमलगत्तै प्रधानमन्त्री ओलीकै आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा दसैंको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुनेछ ।

सो कार्यक्रममा सहभागी भएपछि आवश्यक भेटघाट गरी आजै अपरान्ह काठमाडौं फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री डा. युवराज खतिवडासमेत झापामा आउने कार्यक्रम छ ।

 

गृहजिल्लाका नेता कार्यकर्ताको गुनासो सम्बोधन गर्न प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई पनि झापाको चियापानमा सहभागी हुन लगाउनु भएको हो । प्रधानमन्त्री ओलीले हरेक बर्ष बडादसैंको अवसरमा गृहजिल्ला झापामा चियापान गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...