काम नगरेको भन्दै दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी, यि हुन् नयाँ मन्त्री



 

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्।

 

सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले सो गुनासोलाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीलाई हटाउने तयारी गरेको छ।

 

ओलीले आफ्नो सचिवालय, मन्त्रिमण्डलको पुनर्गठन र प्रहरी प्रशासन परिचालनको विषयमा आवश्यक तयारी गरिरहेको नेकपाका नेता एवं सांसद महेश बस्नेतले जानकारी दिए। ‘दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर तथा सचिवालय पनि पुनर्गठन हुन्छ’, ओलीनिकट बस्नेतले भने।

 

दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने जानकारी दिँदै बस्नेतले थपे, ‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ र सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस वा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरामा पनि ध्यान दिनेछ। प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ।’

देशद्रोही सिके राउतलाई आजिवन जन्म कैद ?

श्रीमान सम्माननिय प्रधानमन्त्री ज्यु नेपाल सरकारको कार्यलय,काठमाडौ

बिषय : जन्मकैद तथा मृत्युदण्डको फैसला गरियोस ।
महोदय,

उपरोक्त सम्बन्धमा नेपाल अधिराज्यको संविधान अनुसार नेपाल भित्र वा बाहिर रहेर यो सुन्दर देशको बारे अनेक नकारात्मक सन्देश फैलाउदै देश टुक्राटुक्रा बनाउछु भन्ने देशद्रोहिलाई नेपाल प्रहरीले पक्राउ गरेको सुन्न पाउँदा धेरै खुसी लाग्यो ।

 

हाम्रा पुर्खाहरुले अत्यन्तै नाजुक अवश्थाबाट सृजना गरि बनाइदिएको यो देशलाई टुक्राउछु भन्ने कुनै माईकलालमा अधिकार छैन। दुई तिहाई बहुमत बाट बनेको सरकारसँग हामी जनताको ठूलो आशा भरोसा रहेको छ ।

 

त्यसैले हामी जनताको कुनै पनि आशा भरोसालाई नटुक्राई यो देशको शिर उच्चो बनाउने काम सधै यो सरकारले गरोस। साथै सिके राउत जस्ता विखण्डनकारीलाई सदाको लागि जेलको चिसो भुईमा सेकिराख्नुको विकल्प छैन ।

 

जय होस ओलि सरकारको सिके राउत जस्ता देश द्रोहीलाई आजिवन जेल सजाय होस र अन्त्यमा महेन्द्रनगरकि चेली निर्मला पन्तको निर्मम बलात्कार पछि हत्या गर्ने पिसाचलाई पनि मिल्छ भने फाँसी को सजाय होस सरकार ।

 

यदि यो सम्भव नभए बिच सडकमा तेर्साएर लिंग काटी नुन खुर्सानी दलियोस ताकी अबका दिनमा यस्ता जघन्य अपराधको निर्मुल होस। ७४/७५ दिन बितिसक्दा पनि किन हत्यारा पत्ता लगाउन नेपाल सरकार चुक्यो कि यो अपराधसँग निकै ठूलो माछा जोडिएकोले कारबाही गर्न सरकारको खुट्टा काम्दै छरु जनता जान्न चाहान्छन ।

 

 

गौरबाट पक्राउ परेका डा सिके राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा लगाइएको छ । जिल्ला प्रहरी गौरले राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा चलाएको हो । राउतलाई सोमबार प्रहरीले अदालत पेश गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ । देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका उनलाई रौतहटको गौरबाट पक्राउ गरिएको थियो ।

 

 

राउत केही दिनअघि स्वतन्त्र मधेशको नारा दिँदै प्रहरी अगाडि नै भाषण गरेर भूमिगत भएको प्रहरीको भनाई छ । डा. सिकेसँगै उनका दुई सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराज पनि पक्राउ परेका थिए । प्रहरीले देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि सिकेलाई पक्राउ गरिएको जनाएको छ ।

 

अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याएने अभिव्यक्ति दिएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयमा रौतहटका डीएसपी महेन्द्रप्रसाद मरासयनीका अनुसार सिकेविरुद्ध अदालतमा मुद्दा परेकाले उनी त्यही मुद्दाको तारेखमा अदालतमा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल