गंगा १२ वर्षमै गर्भवती : पेटमा ७ महिनाको बच्चा, रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय
मकवानपुरको अत्यधिक चेपाङ समुदायको बस्ती रहेको राक्सिराङ गाउँपालिका–३ औलेस्थित एउटा सानो छाप्रामा भेटिइन् गंगा चेपाङ। मुहारमा निर्दाेष बालापन त झल्किएको थियौ नै, अलि अलि डर मिसिएको उदास उनको अनुहार देखेर जो कोही मन खिन्न पार्थे।
१२ वर्षीया गंगा चेपाङको गलामा रातो पोते निकै सुहाएको छ। चम्किलो मुहार, गलामा रातो पोते र निधारमा रातो टिकाले जुन शोभा दिएको छ, त्यतिकै पीडा देखिन्छ उनको पेटमा। ठूलो हुँदै गएको उनको पेटमा ७ महिनाको बच्चा छ भन्दा जोकोहीलाई पत्यार नलाग्न सक्छ । तर, बढ्दै गएको पेट जति लुकाए पनि देखिहाल्छ।
उनले भागेर बिहे गरेको जम्मा ९ महिना मात्र भएकाे छ । २०७४ साल पुस ८ गते कैलाश गाउँपालिका वडा नं ७ मा १८ बर्षका एक किशोरसँग उनको भागी विवाह भएको हो। विवाह गरेपछि दुबैको पढाई छुटेको छ। कक्षा ४ मा पढ्दै गरेकी गंगा र ३ कक्षामा पढ्दै गरेका उनका श्रीमानको विवाहपछि पढाई छुटेको गंगाले बताइन्।
राक्सिराङ ३ औलेस्थित माइती आएका बेला फेला परेकी गंगाले १२ वर्षमै गर्भवती भएको कुरालाई लुकाउन खोजिन्। उनले आफ्नो उमेर १५ बर्ष भनेर ढाँट्न खोज्दै थिइन्। तर, उनकी आमा राममायाले स्पेसखबरसँग भनिन्–‘२०६३ सालमा जन्मेकी हुन्, आफै हिसाब गर्नुस् न।’
मामाघर जाँदा केटासँग चिनजान भएको र एकापसमा मन मिलेपछि विहे गर्ने सोच बनेको गंगाले बताइन्। चिनजान र मन परापर भएको २ महिना नबित्दै १२ बर्षकै उमेरमा विवाह गरेकी गंगालाई कानून विपरित विवाह भएको कुरा थाहा छैन। आफूसँगैका साथीभाई खेल्ने, उफ्रने, दौडने गरिरहँदा उनी भने ठूलो पेट पारेर लाज मानेर हिँड्नुपरेको छ।
‘विहे गरेर पनि स्कूल गयो भने त लाज हुन्छ नि’, लजाउँदै गंगाले भनिन्–‘हामी दुईजनाले नै स्कूल छोड्यौँ।’ गंगा राक्सिराङ ३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका श्रीमान कैलाश ७ मै पढ्थे।
कानूनमा २० बर्ष कटेपछि मात्रै विवाह गर्न पाउने प्रावधान छ। तैपनि चेपाङ बस्तीमा थुप्रै गंगाहरु यसरी बाल्यकालमा नै विवाहको चपेटामा पर्ने गर्छन्। गंगाको हकमा उनी आफैले भागी विवाह गरेपनि अरु थुप्रै बाल विवाहका घटनाहरुमा गरिवीकै कारण अभिभावकहरुको संलग्नता हुने गरेको छ।
‘बिहे गरेपनि कसैले यसरी विवाह गर्न हुँदैन भनेर सम्झाउन आएनन्’, गंगाले भनिन्–‘अब विहे भैहाल्यो, पढाई पनि गयो।’ गाउँमा बालविवाहको घटनाहरु सुनिएपनि १२ बर्षकै उमेरमा गर्भवती भएको घटना आफूले पहिलोपटक पाएको सरिखेत स्वास्थ्यचौकीकी अनमी सन्तोषी अधिकारीले बताइन्।
गंगाले गर्भजाँच गर्न आउँदा उमेर ढाँट्न चाहेकी थिइन्। यति कलिलै उमेरमा विवाह गर्ने र गर्भवती हुने घटना यस क्षेत्रमा दर्दनाक रहेको उनले बताइन्। अधिकाँश किशोरीहरु कम उमेरमै विवाह गरेर गर्भवती हुने गरेको तथ्याङ्क स्वास्थ्य चौकीमा रहेको उनले सुनाइन्।
बाल विवाह र प्रजनन् स्वास्थ्यको समस्या बिकराल रहेको भन्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एउटा अभियानकै रुपमा बाल विवाहविरुद्ध कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले टोल विकास संस्थामार्फत अब सचेतनामूलक कार्यक्रम गरिने सुनाए ।
जमुना ६ कक्षा पढ्दै
गंगासँगै जन्मिएकी उनकी बहिनी जमुना भने सूर्याेदय माविमा कक्षा ६ मा अध्ययनरत छिन्। उनले दिदीले भागेर विवाह गरेकोमा अचम्भित भएको बताइन्। दिदीको पढाई बिग्रेकामा चिन्ता ब्यक्त गर्दै उनले आफू भने निरन्तर पढ्ने सुनाइन्। उमेर पुगेपछि मात्रै विवाह गर्ने भन्दै उनले कलिलै उमेरमा विवाह गर्दा थुप्रै समस्या आइपर्ने बताइन्।
रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’
रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुले को छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् ।

खुले देखि नै आफ्ना विविध विशेषताहरूका कारण चर्चामा रहेको यो वेश्यालयको संचालक कम्पनीले यस अघि नै स्पेन र इटालीमा यस्तो वेश्यालय संचालनमा ल्याइसकेको छ ।
द सनमा प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको बताइएको छ । यहाँ राखिएका सेक्स दलहरूको तापक्रम नियन्त्रण गर्न सकिने र यिनको गुप्ताङ्गमा समेत तापक्रम नियन्त्रण प्रणाली रहेको बताइएको छ ।
यति मात्र नभएर यी डलहरूले ग्राहकहरूको इच्छा अनुसार ‘फोहोर कुरा’ समेत गर्न सक्छन् । अर्थात कुनै ग्राहकले यिनीहरूसँग ‘फोहोर कुरा’ गर्न चाहेको खण्डमा यिनीहरूले त्यसो समेत गर्न सकिने गरेर यिनीहरूलाई निर्माण गरिएको छ ।
समाचारहरूमा जनाइए अनुसार ‘आर्टिफिसियल इन्टेलिजेन्स’बाट संचालन हुने यी डलहरू अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्छन् ।
त्यसका साथै यिनीहरूलाई लचकदार बनाइएकाले ग्राहकले चाहेको आसन समेत उपलब्ध गराउन तिनीहरू सक्षम रहेको जनाइएको छ । स्थानीय मिडियाका अनुसार यी डलहरूको नाम ‘एमा’ राखिएको छ र ५ फीट ४ इन्च अग्ला यिनीहरूलाई ग्राहकले छुँदा यिनले प्रतिक्रिया दिने गरेको बताइएको छ ।
तर समाचारहरूमा यस्तो सेवा लिन चाहने ग्राहकले भने निकै ठुलो रकम खर्च गर्नु पर्ने जनाइएको छ । यस्ता डलहरूसँग एक घण्टा समय बिताउन ८० डलर खर्च गर्नु पर्ने छ जुन नेपाली मुद्रामा लगभग साढे नौ हजार हुन आउँछ ।


