चक्र बास्तोलाको अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम यस्तो बन्यो, साँझ दाहसंस्कार



हाम्रो इकोनोमि

 

शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिक शरीर उनकै निवास खुमलटारमा राखिएको छ । शनिबार राति १०ः२० बजे डा हरि राईले उनको निधन भएको पुष्टि गरेका थिए ।

 

अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको खुमलटारमा भीड लागेको छ । बास्तोलाका स्वकीय सचिवसमेत रहेका राधाकृष्ण काफ्लेका अनुसार दिउँसो १ बजेसम्म बास्तोलाको पार्थिव शरीर खुमलटारमै राखिने छ ।

 

त्यसपछि दिउँसो १ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

 

बास्तोलाकी इंगल्याण्डको लण्डनमा रहेकी छोरी ४ बजेपछि आउने भएपछि त्यसपछिमात्र पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।

 

स्वकिय सचिव काफ्लेले भने, ‘सकेसम्म पार्टी कार्यालय नभए पशुपतिमै सीधै जानेगरी लण्डनबाट आउने तयारी भएको छ, त्यसैअनुसार आर्यघाटमा दाहसंसकार हुनेछ ।’

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...