धारिलाे हतियार प्रयाेग गरी महिलाको हत्या



 

 

नगरपालिकामा एक महिलाकाे हत्या भएकाे छ। शारदा नगरपालिका ८ मार्केको सिमखर्ककी ५५ वर्षीया केवली सुनारको विहीबार राति धारिलो हतियार प्रयाेग गरी हत्या गरिएकाे प्रहरीले जानकारी दिएकाे छ।

 

सुनारकाे घरमै धारिलो हतियार प्रयोग गरेर हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

 

सुनारको घाँटीमै धारिलो हतियार भेटिएको उनले बताए। घटनाको अनुसन्धान गर्न कोहलपुरबाट कुकुर ल्याइएकाे छ।

 

हत्या कसले गरेकाे भन्नेबारे हालसम्म जानकारीमा अाइनसकेकाे र अनुसन्धान जारी रहेकाे प्रहरीले बताएकाे छ। सुनार लामो समयदेखि छोराहरुसँग भारतमा बस्दै आएकी थिइन्। उनी चार दिन अघि मात्रै घर आएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि