धारिलाे हतियार प्रयाेग गरी महिलाको हत्या



हाम्रो इकोनोमि

 

 

नगरपालिकामा एक महिलाकाे हत्या भएकाे छ। शारदा नगरपालिका ८ मार्केको सिमखर्ककी ५५ वर्षीया केवली सुनारको विहीबार राति धारिलो हतियार प्रयाेग गरी हत्या गरिएकाे प्रहरीले जानकारी दिएकाे छ।

 

सुनारकाे घरमै धारिलो हतियार प्रयोग गरेर हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

 

सुनारको घाँटीमै धारिलो हतियार भेटिएको उनले बताए। घटनाको अनुसन्धान गर्न कोहलपुरबाट कुकुर ल्याइएकाे छ।

 

हत्या कसले गरेकाे भन्नेबारे हालसम्म जानकारीमा अाइनसकेकाे र अनुसन्धान जारी रहेकाे प्रहरीले बताएकाे छ। सुनार लामो समयदेखि छोराहरुसँग भारतमा बस्दै आएकी थिइन्। उनी चार दिन अघि मात्रै घर आएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...