एउटै प्रतियोगितामा सन्दीपको नाममा २४ विकेट, बन्यो कीर्तिमान



हाम्रो इकोनोमि

 

 

स्टार क्रिकेटर सन्दीप लामिछाने एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन् ।

 

आईसीसी टि-ट्वान्टी विश्वकपअन्तर्गत मलेसियामा जारी एसिया छनोट बी प्रतियोगितामा नेपालले ६ म्याच खेलिसक्दा उनको पोल्टामा २४ विकेट परेको छ । यो प्रतियोगितामै सर्वाधिक विकेट लिने बलरहरुको सुचीमा पनि सन्दीप एक नम्बरमा छन् ।

 

यसअघि एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीको रेकर्ड बसन्त रेग्मी र पूर्व कप्तान विनोद दासको नाममा रहेको थियो । विनोदले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रिज (तीन दिवसीय) प्रतियोगितामा २१ विकेट लिएका थिए । त्यस्तै, बसन्तले सन् २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा सर्वाधिक २१ विकेट लिदै विनोदको कीर्तिमान बराबरी गरेका थिए ।

 

सन्दीपले २४ विकेट लिने क्रममा पहिलो खेलमा म्यानमारविरुद्ध ४ किवेट लिएका थिए । त्यस्तै, दोस्रो खेलमा मलेसियाविरुद्ध ५ विकेट लिए । तेस्रो खेलमा थाइल्यान्डविरुद्ध पनि उनले ५ विकेटकै सफलता दोहोर्‍याए ।

 

चौथो खेलमा भुटानविरुद्ध ३ विकेट लिएका सन्दीपले पाचौं खेलमा चीनविरुद्ध पनि ३ विकेट लिन सफल भए । आज जारी रहेको अन्तिम खेलमा सन्दीपले सिंगापुरविरुद्ध ४ विकेट लिएसँगै विकेट संख्या २४ पुर्‍याएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...