एआईजी बस्नेत नेतृत्वको छानबिन समिति घटनास्थलमा, पत्ता लाग्ला त निर्मलाको हत्यारा



 

 

बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक  घटनास्थल पुगेको छ ।

एआईजी बस्न्यात नेतृत्वको टोली शुक्रबार कञ्चनपुर आइपुगेको हो ।  ८० दिन हुँदा पनि पन्तका अभियुक्त फेला परेका छैनन् ।

यसअघि प्रहरीले दिलिपसिंह बिष्टलाई अभियुक्तका रुपमा खडा गरेको थियो । तर उनको डिएनए नमिलेपछि प्रहरी विवादमा फसेको थियो ।

 

सो घटनामा लापरबाही गर्ने एसपीसहित ७ प्रहरी निलम्बनमा परिसकेका छन् । अभियुक्त पत्ता लाग्न नसक्दा प्रहरीप्रतीको विश्वास खस्कँदै गएको छ ।

 

निर्मला बलात्कार–हत्या प्रकरण : भेजाइनल स्वाब सुरक्षित राख्नु

 

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तकोे भेजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

 

पटक–पटक गरिएको अनुसन्धान नै संकास्पद देखिएकाले पुनः अनुसन्धान गर्नका लागि प्रमाणहरू सुरक्षित राख्न आयोगले निर्देशन दिएको हो । बिहीबार आयोगले सबुत प्रमाणहरूको वैज्ञानिक परीक्षणका सम्बन्धमा रायसुझाब लिने उद्देश्यले कानुनी चिकित्साविज्ञ र डिएनए विज्ञहरूसँग छलफल गरेको थियो ।

पन्तको बलात्कारपछि भएको हत्यालगत्तै विभिन्न व्यक्तिको डिएनए परीक्षण र अन्य प्रमाणहरूका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका वेला आयोगले अहिलेसम्म भेटिएका प्रमाणहरू सुरक्षित राख्न भनेको हो । केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए टेस्ट शंकास्पद् देखिएको आयोगको निष्कर्ष छ ।

‘भेजाइनल स्वाब संकलन सही छ, तर परीक्षणमा केही विधि नपुगेको पाइएको छ,’ आयोगका सचिव मुरारीप्रसाद खरेलले भने, ‘डिएनए टेस्टमा केही आशंका लागेकाले थप परीक्षण गर्नुपर्ने निष्कर्षमा पुगेका छौँ ।’

निर्मलाको शवबाट संकलित भेजाइनल स्वाबको नमुना र त्यसबाट पृथकीकरण भएका डिएनए लगायतका सबुतहरू जे–जस्तो अवस्थामा छन्, त्यही रूपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

साथै, निर्मलाको शवबाट भेजाइनल स्वाबको नमुना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाबारे जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरिएको आयोगका सचिव खरेलले जानकारी दिएका छन् ।

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदीप पाठक, त्रिवि फरेन्सिक मेडिसिन विभागका कानुनी चिकित्साविज्ञ डा. हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ वैज्ञानिक डा. दिनेश झा, आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेल, उपनिर्देशक लोकनाथ बास्तोलालगायत आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी