ट्रयाक्टरबाट खसेर महिलाको मृत्यु



 

टेम्के मैयुङ गाउँपालिकामा बिहीबार ट्रयाक्टरबाट ओर्लने क्रममा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

 

खोटेहाङ गाँउपालिका बाप्लुखाकी ३२ वर्षीया निङल्हामु शेर्पा ट्रयाक्टरको ट्रलीबाट ओर्लन लाग्दा अनियन्त्रित भई घटनास्थलमै ज्यान गएको हो । खसेपछि ढुंगोमा उनको टाउको ठोक्किएको बताइएको छ ।

किराना पसलको सामान ढुवानी गरिरहेको को २ त ४६१८ नम्बरको ट्रयाक्टरमा चढेर शेर्पा घर फर्कँदै गर्दा दुर्घटना भएको हो । ट्रयाक्टर टेम्के मैयुङ गाउँपालिका–९, लेखर्क पान्धारेबाट खोटाङको खोटेहाङ गाउँपालिका–२, वाप्लुखातर्फ जाँदै थियो ।

ट्रयाक्टर र ट्रयाक्टर चालकलाई इलाका प्रहरी चौकी पान्धारेले नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको

त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन्

राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित

    राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने