नुवाकोटमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३० जना घाइते



हाम्रो इकोनोमि

 

वाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । करीब ३० जना घाइते भएका छन् ।

नुवाकोटकै खरानीटारबाट काठमाडौं आउँदै गरेको बा१ख ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीखोलामा दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुंवरले जानकारी दिए ।दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

 

 

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले दुर्घटनाको पुष्टि गर्दै २ जनाकाे मृत्यु भएकाे र ३० भन्दा बढी घाइते भएकाे जानकारी दिए । लामाले दिएकाे जानकारी अनुसार, १ महिलाको घटनास्थलमै ज्यान गए पनि सनाखत हुन सकेको छैन ।

 

सई थापाले उद्धार कार्य जारी रहेकाले हताहतीबारे यकिन गरेर भन्न नसकिने बताए । ‘अहिले घाइतेहरुको उद्धार गरेर अस्पतालतर्फ पठाइरहेका छौं । हताहतीको यकिन विवरण अझै आइसकेको छैन’, थापाले भने ।

 

बसमा सवार अधिकांश यात्रु दशैं किनमेलका लागि सदरमुकाम आएको बताइए पनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटनास्थल फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...