७ बर्षिय छोरालाई छोडेर इजरायल पुगेकी एक नेपाली चेलीको सडक दुर्घटनामा परेर यसरी भयो दुखद निधन
इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ ।
सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी लामाको तत्कालै आकस्मिक शल्यक्रिया गरिएको थियो ।
मृतक लामा कार्यरत एजेन्सीले उनको पेटको शल्यक्रिया गरिसकेको र अन्य आवश्यकिय आकस्मिक शल्यक्रियाको लागि अप्रेसन थियटर लगिएको बताएकी थिइन ।
उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल नभएको बताएका थिए । विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको हो ।
७ बर्षिय १ छोराको आमा समेत रहेकी दामी ह्योल्मु लामा करिव ७ बर्ष अघि ४ महिनाको दुधे बालक छोडेर प्रदेशिनु भएको थियो । १० अक्टूवर वुधवार रातको करिव साढे ८ बजे उनी कार्यरत केफरममास नजिकैको रुपिन्चोकमा सडक पेटीमा रहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो ।
ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी लामाको इजरायल प्रहरीले मोवाइनम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो ।
सुन्दैमा अचम्म लाग्ने खालका जागिर : जहाँ काम गर्नका लागि निर्वस्त्र हुनुपर्ने
दुनियाँमा विभिन्न प्रकारका अनौठा जागिरहरु रहेका छन् । कतिपय जागिरहरु सुन्दैमा अचम्म लाग्ने खालका हुन्छन् भने कुनै जागिर त हाम्रो नेपाली समाजमा नपच्ने खालका पनि हुन्छन् । के तपाईले यस्तो जागिरको बारेमा सुन्नु भएको छ, जहाँ निर्वस्त्र भएर काम गर्नुपर्ने हुन्छ । यस्ता जागिरमा काम गर्दा लुगा लगाउन पाइदैन ।
निर्वस्त्र हुनुपर्ने केही जागिर यस्ता छन्,
न्यूड गार्डेनिंग
अमेरिका, अस्ट्रेलिया तथा युरोपका केही ठाउँमा नांगै भएर पुरुषहरुले बगैँचाको काम गर्ने गर्दछन् । यो एउटा अनौठो खालको काम हो । यहाँ काम गर्नका लागि पुरुषहरुले आफ्नो कपडा खोलेर निर्वस्त्र हुनपर्ने हुन्छ ।
नेकेड रेष्टुरेन्ट
लण्डनमा रहेको बुनियादी नामक एउटा रेस्टुरेन्टमा मानिसहरुले कपडा खोलेर जानुपर्ने हुन्छ । केबल ग्राहकले मात्र नभई त्यहाँ काम गर्ने कर्मचारीहरुले पनि बिना कपडा नै ग्राहकहरुलाई खाना सर्भ गर्ने गर्दछन् ।
न्यूड कफी शप
अमेरिकाको वाशिंटनमा रहेको न्यूड कफी शपमा कफी प्रेमीहरुलाई न्यूड वेटरले र वेट्रेसले बिकिनीमा कफी सर्भ गर्ने गर्दछन् ।
न्यूड योगा स्टुडियो
चेल्सीस्थित न्यूड योगा स्टुडियोमा निर्वस्त्र योगा कक्षा सञ्चालन गराइन्छ । त्यहाँ योगा सिक्ने मानिसहरु बिना कपडा योगा सिक्ने गर्दछन् भने योगा सिकाउने मानिस पनि न्यूड नै हुने गर्दछन् ।
न्यूड ब्रिटिश सफ्टवेयर कम्पनी
बेलायतको बकिंघमशायरमा रहेको एक कम्प्युटर सफ्टवेयर कम्पनीमा काम गर्ने महिलाहरु कार्यालय अवधिभर निर्वस्त्र रहन्छन् । न्यूड हुनसक्ने महिलाहरुले मात्र उक्त कम्पनीमा काम पाउने गर्दछन् । महिला कोडर्सहरुलाई कार्यकक्षमा न्यूड बस्नु अनिवार्य छ ।
न्यूड अनलाइन थेरापिस्ट
एक अज्ञात महिलाले नेकेड थेरापिस्ट नामक अनलाइनबाट मानिसहरुलाई काउन्सलिङ गर्ने गर्दछिन् । उनले वेभक्यामका माध्यमबाट मानिसहरुलाई कुराकानीका माध्यमबाट नै थेरापी दिने गर्दछिन् । जसका कारण कयौँ बिमारीको काउन्सलिङ हुने गर्दछ ।
टपलेस हाउसमेड
अमेरिकाको लस एन्जलेसका केही इलाकाहरुमा टपलेस हाउसमेड राख्ने व्यवसाय चल्तीमा रहेको छ । ती इलाकाका अधिकांश घरहरुमा टपलेस हाउसमेडहरुले काम गर्दछन् । टपलेस हाउसमेडको जागिर त्यहाँको शानदार व्यवसायको रुपमा रहेको छ । एजेन्सी
पोर्न फिल्म उद्योगका १० गोप्य रहस्य थाहा पाउँदा दंग पर्नुहुनेछ
एजेन्सी। कसैलाई मन परोस् वा नपरोस् पछिल्लो समय पोर्न फिल्म उद्योग फैलिँदै गइरहेको छ । यो पेशामा पैसा निकै धेरै छ । ट्रेन्डिङ बज नामक वेबसाइटले भने यो उद्योगका केही गोप्य रहस्यहरु खोल्ने प्रयास गरेको छ जसको बारेमा आम मानिसलाई जानकारी छैन ।
१. पोर्न फिल्मका अधिकांश पोर्नस्टारहरु पढाइका डिग्री होल्डर हुन्छन् । पोर्न फिल्म उद्योगमा पोर्नस्टारहरु कुनै बाध्यतामा यो पेशामा आएका होइनन् । पोनृस्टारहरु ग्रयाजुएशन मात्र होइन मास्टर्स डिग्रीसम्म पढेका हुन्छन् ।
२. पोर्न भिडियो सुटिङ गर्न निकै धेरै समय लाग्छ । कुनै भिडियो ३० सेकेण्डको छ भने पनि त्यसलाई २० रिटेकपछि मात्र ओके गरिन्छ ।
३. सामान्य फिल्म उद्योगमा पुरुष कलाकारले धेरै पारिश्रमिक लिन्छन् तर पोर्न फिल्म उद्योगमा भने महिला कलाकारले धेरै पारिश्रमिक लिन्छन् ।
८. पोर्नस्टारहरु यो कामबाट बोर हुन्छन् । अधिकांश पोर्नस्टारहरु मन भुलाउन पोर्न फिल्मका अलावा अन्य काम पनि गर्छन् ।
९. धेरैजसो पोर्नस्टारहरु आफ्नो पोर्न भिडियो हेर्दैनन् । भिडियो सुटिङपछि सम्पादनका बेला अलिअलि ख्याल गरे पनि उनीहरुलाई आफ्नो भिडियो हेर्न मन पर्दैन ।
१०. एक पोर्नस्टारका अनुसार मानिसहरु यो कुरामा विश्वास समेत गर्दैनन् कि उनीहरु पोर्नस्टार हुन् । आफू पोर्नस्टार भएको खुल्लमखुल्ला बताउँदा पनि मानिसहरुले नपत्याएपछि उनीहरु अर्कै पेशा बताउँछन् ।
४. पोर्नस्टारले भिडियोमा लगाउने कपडा निकै महंगा हुन्छन् । केही पोर्नस्टारले त भिडियो सुटपछि यी कपडा अनलाइन बेच्छन् ।
५. पोर्न उद्योगमा काम गर्नको लागि प्रवेश पाउनु सानोतिनो परिश्रमको कुरा होइन । यहाँसम्म पुग्नका लागि कैयौं कागजी प्रक्रिया पूरा गर्नुपर्छ ।
६. पोर्नस्टारहरु दैनिक कामकाजका लागि बाहिर जाँदा भीडमा मान्छेहरु उनीहरुलाई चिन्छन् । केहीलाई त यसरी चिन्दा कुनै समस्या हुँदैन तर केहीसँग भने मानिसहरु दुव्र्यवहारसमेत गर्छन् ।
७. धेरैजसो पोर्न फिल्म प्रोडक्सन हाउसका मालिक महिलाहरु हुन्छन् । अस्ट्रेलियामा त लगभग सबैजसो पोर्न उद्योग महिलाकै हातमा छ ।