जंगलमा लगेर सामुहिक बलात्कार गर्ने पक्राऊ



 

 

रुपन्देहीकी एक किशोरीमाथि फिल्मी शैलीमा सामुहिक बलात्कार (ग्याङ रेप) भएको छ ।

 

 

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुई जना पक्राउ गरी सार्वजनिक गरेको छ । ती १६ वर्षीया किशोरीमाथि उनीहरुले असोज २३ गते सामुहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

 

बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जङ्गलमा मोटरसाइकलमा पुर्‍याएर साँझ ८ बजेतिर सामुहिक बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन् ।

 

जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका–१० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ परेको छ ।

 

घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिएका छन् ।

 

घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताएका छन् । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी चिनजानकै भएको खुलेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि