सुतिरहेको कोठामा छिरेर महिलामाथि बलात्कार गरी रकम लुट्ने प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

एक महिलालाई करणी गरी २० हजार रकम चोरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

 

पुथाउत्तरगंगा गाउँपालिका–५, हुकाम रुकुम पूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँफिकोट गाउँपालिका घर भएकी मुसीकोट नगरपालिकामा बस्ने एक महिलालाई बलात्कार गरी रकम चोरेको अभियोगमा घर्ती पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

घर्तीको साथबाट पीडित महिलाको मोबाइल सेट र नगद १६ हजार समेत बरामद गरिएको डीएसपी खड्काले बताए ।

पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको तथा २० हजार नगद चोरेर लगेको उजुरी दिएकी छिन् । घर्ती्विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...