भिनाजुको नाता लाउदै जुत्तामा नजर लगाउने को हुन यी श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

तत्कालीन प्रधानसेनापती राजेन्द्र क्षेत्रीको निगाहले एकैचोटि ठेकेदार बनेका एक व्यक्तिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भिनाजुको नाता लगाएर नेपाली सेनाको ठेक्का आफूले लिने कसरत गरिरहेका छन् । ती व्यक्ति हुन्, न्यु क्रिएसन नामक संस्थाका सञ्चालक विजय श्रेष्ठ ।

 

सेनाले ५० हजार थान डीएमएस बुटका लागि टेन्डर आह्वान गरेको छ । जसका लागि श्रेष्ठको क्रिएसनसहित १२ वटा फर्मले आवेदन हालेका छन् । जसमा न्यूनतम प्रतिजोर १८ सयदेखि ३८ सयसम्मको मूल्यांकन हालेका छन् ।

 

तर, श्रेष्ठको फर्मले प्रतिजोर २४ सयमा दिने गरी कोटेसन हालेको छ । सो जुत्ता भारतमा प्रतिजोर १२ सय रुपैयाँमा तयार हुन्छ । स्रोतका अनुसार आवेदन हालेका १२ मध्ये श्रेष्ठको सहित सातवटा फर्मको आवश्यक मापदण्ड नै पुग्दैन ।

 

आवश्यक मापदण्ड नै नपुग्ने सो फर्मका लागि १० करोडको सो काम हत्याउन श्रेष्ठले मन्त्री पोखरलेललाई भिनाजुको नाता लगाएर अनावश्यक दबाब दिएको बुझिएको छ ।

स्रोतका अनुसार श्रेष्ठ पहिले सेनापति निवास झम्सिखेलमा साबुन, सेम्पु सप्लाई गर्ने सानो ठेकेदारको काम गर्थे । राजेन्द्र क्षेत्री प्रधानसेनापति भएपछि उनले प्रधानसेनापति क्षेत्री’का छोरा अभिषेक र श्रीमती रीता कुँवर क्षत्रीमार्फत पास्ट ट्याकको १९ करोडको ठक्का निगाहमा पाएका थिए ।

 

सेनाले खनिरहेको सो बाटोमा उनले ग्याभिन वाल लगाउने काम लिएका थिए । उनै श्रेष्ठले अहिले मन्त्री पोखरेललाई नाता लगाएर प्रधानसेनापति पूर्णचन्द्र थापामाथि जुत्ताको टेण्डर आफ्नोमा पार्न घुँडा धसेर लागेको बुझिएको छ । अब एकदुई दिनभित्रै उक्त टेण्डरको रिजल्ट निकाल्ने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...