चटपटे खानुहुन्छ ? होसियार ! खतरनाक एसिडको प्रयोग हुन्छ



 

चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्काे लाग्छ । चटपटेले हाम्रो स्वास्थ्यमा नराम्रो असर पुर्याइरहेको छ ।

 

भेनेगरको अमिलोका कारण आन्द्रामा घाउ हुन थालेपछि यसको असरबारे सर्वत्र चर्चा हुन थालेको छ । चिकित्सकको एक अध्ययनले चटपटेमा भेनेगर (एसिड) अमिलो हालेर खाएका कारण आन्द्रामा विभिन्न घाउ हुन थालेको देखिएको छ ।

 

जथाभावी खुलेका चटपटे पसलमा नछोपी राखेको खानेकुरा, भेनेगरको अमिलोले स्वास्थ्यमा गम्भीर असर पुयाउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामले समेत यसमाथि निगरानी बढाउन थालेको छ ।

 

सहायक प्रजिअ सुजन फागोको नेतृत्वमा ट्याक्सी स्टेन्ड, बसपार्क, टुंडिखेल, थेबेचोक, धोवीधारा, जिरो किलोमिटर, नारायणस्थान लगायतका तीन दर्जन चटपटे पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशमा स्वास्थ्यमा असर गर्ने भेनेगर अमिलो प्रयोग गरेको पाइएको थियो ।

 

अनुगमनका क्रममा भेटिएका चटपटे पसलमा प्रयोग गरिरहेका भेनेगरलाई तत्काल सोही ठाउँमा नष्ट गरिएको र पसलमा राखिएका भेनेगरलाई तत्काल हटाउन सहायक प्रजिअ फागोले निर्देशन दिए ।

 

“भेनेगर एसिड हो, यसले मानिसलाई असर गर्छ” जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फडिन्द्र बरालले भने “यो खानु स्वास्थ्यका लागि एकदमै हानिकारक हो ।” अनुगमन टोलीले पहिलो पटक चटपटे पसलको अनुगमन गरेको हुनाले सचेत गराइएको बताइएकोे छ ।

 

दोस्रोपटक अनुगमन गर्दा भेटिएमा एक लाखसम्म जरिवाना र सार्वजनिक ऐनअन्तर्गत मुद्दा समेत दर्ता हुने प्रशासनका नायब सुब्बा रामप्रसाद उप्रेतीले बताए ।

२१ हजार अश्लील वेबसाइट बन्द

सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ ।सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहि असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रशारण गर्ने त्यस्ता वेबसाइटलाई तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले ८ गतेदेखि काम शुरु गरेको हो ।

 

नेपालमा अहिले करीब सयभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन् । प्राधिकरणका अनुसार अहिलेसम्म २१ हजारभन्दा बढी वेबसाइट बन्द भइसकेका छन् भने त्यस्ता प्रकृतिका अन्य वेबसाइट पनि बन्द गर्न निर्देशन दिइसकिएको छ ।

 

नेपाल टेलिकम र एनसेलबाट सञ्चालन हुने नेटवर्कबाट त्यस्ता खालका साइट पनि बन्द गरिसकिएको नेपाल दूरसञ्चार प्राधिकरण, अनुगमन विभागका निर्देशक विजयकुमार रायले जानकारी दिए । अश्लील यौनजन्य सामग्री प्रकाशन प्रसारण गर्ने एक लाखभन्दा बढी वेबसाइट छन् ।

 

अश्लील वेबसाइटलाई पूर्ण रुपमा बन्द गर्नका लागि कुनै पनि व्यक्तिले अश्लील साइट हेरेको खण्डमा त्यसलाई एप्समा हालेर तत्कालै बन्द गर्न सकिने प्रविधि निर्माण गर्ने तयारीमा प्राधिकरण रहेको छ ।

 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ मा शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरू कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्न नपाइने भनिएको छ ।

गयो शक्तीशाली भुकम्प, उद्धार कार्य जारी

सिड्नी – पपुवा न्यु गिनीमा बिहीबार बिहानै ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्निच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख छ ।

 

तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ । पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

 

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ ।

 

स्काइवाक टावर दुई अर्बको लागतमा काठमाडौँमा निर्माण हुने

दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको छ ।वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३।२ रोपनी जग्गामा करीब रु दुई अर्बको लागतमा बन्ने भएको हो ।

 

आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने योजनासहितको उक्त परियोजनाको आज यहाँ आयोजित कार्यक्रममा शब्ददृश्य परिकल्पना सार्वजनिक गरियो ।

 

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकलाई समृद्धिको लक्ष्यमा लैजान वर्तमान सरकार लागिरहेको समयमा यो परिकल्पना त्यसका लागि सहायक हुने भन्दै योजना सफलताको कामना गर्नुभयो ।प्रदेश नं ३ का भौतिक योजनामन्त्री केशव स्थापितले आफूले सोच्ने गरेजस्तै छिटो र महत्वाकाङ्क्षी योजनाका साथ युवाको टोलीले उक्त टावर निर्माण गर्न लागेकामा खुशी व्यक्त गर्नुभयो ।

 

नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले समृद्धिका लागि उद्यमशीलता, नवप्रवर्तन र सिर्जनात्मकता आवश्यक पर्ने विषयलाई आत्मसात् गरी वाण्डर्स नेपालले उक्त परियोजना अघि सारेको बताउँदै काठमाडौँको मुटुमा रहेकाले टावर बनेपछि उत्पन्न हुनसक्ने ट्राफिक व्यवस्थापनको चुनौतीलाई ध्यान दिन आग्रह गर्नुभयो ।

 

परियोजनालाई मौलिक र महत्वाकाङ्क्षी ठान्दै नेपाली काङ्ग्रेसका सांसदद्वय भीमसेनदास प्रधान र उमेश श्रेष्ठ तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता डा राजन भट्टराईले सफलताको कामना गर्नुभयो ।

 

वण्डर्स नेपालका अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने दाबी गर्नुभयो ।

 

सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो । उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने