बलात्कारीलाई बचाउन खोज्दा डाक्टर परे प्रहरीको खोरमा



हाम्रो इकोनोमि

 

बलात्कृत बालिकाको मेडिकल रिपोर्टमा बलात्कार नभएको आशय आउने गरी मेडिकल रिपोर्ट तयार गर्ने दुई डाक्टर निलम्बित भएका छन् ।

 

जनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको शारीरिक तथा स्वास्थ्य जाँच गराउने डाक्टरहरु रम्भा गोइत र विजयकुमार सिंहलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको हो ।

 

बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले दुई जना डाक्टरलाई निलम्बन गर्दै चिकित्सकीय अभ्यास गर्नबाट बञ्चित गराएको हो ।

 

काउन्सिलका प्रवक्ता डाक्टर कृष्ण अधिकारीका अनुसार यी दुई डाक्टरले बलात्कृत बालिकाको रिपोर्टमा चिकित्सकीय आचारणविपरीत गलत रिपोर्ट दिएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको बताए ।

 

यस्तो थियो घटना

धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका वडा नं २ की १२ वर्षीय बालिका खजुरी १ (नाम परिवर्तन) लाई सोही स्थान बस्ने करण मण्डलले २०७५ साल भदौ ८ जबरजस्ती करणी गरेका थिए ।

 

त्यसको भोलिपल्ट अर्थात् भदौ ९ गते पीडित बालिकालाई जनकपुर अञ्चल अस्पतालमा लगि स्वास्थ्य परीक्षण गराइएको थियो ।

 

तर त्यस स्वास्थ्य परीक्षणमा अञ्चल अस्पतालमा डाक्टरहरु डा. विजयकुमार सिंह (दर्ता नं ३१५५) र डा. रम्भा गोइत (दर्ता नं १०२०६) ले नेगेटिभ अर्थात् बलात्कार नभएको रिपोर्ट दिएका थिए ।

 

सरकारी अस्पताल जनकपुर अञ्चल अस्पतालको रिपोर्ट ‘आश्चर्यजनक’ र शंकास्पद रहेको भन्दै पीडित परिवार र प्रहरीले  भदौ २५ गते फेरि अर्को स्वास्थ्य परीक्षण गराएका थिए ।

 

सिरहा जिल्ला अस्पतालका डाक्टर राकेशकुमार सिंहले गरेको परीक्षण र दिएको रिपोर्टमा ‘पोजिटिभ’ देखिएपछि डाक्टरहरुको रिपोर्ट फरक–फरक आएको भन्दै घटना झनै शंकास्पद बन्न पुग्यो ।

 

दुई स्थानका डाक्टरको रिपोर्ट फरकफरक आएपछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले २०७५ असोज २ गते नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्दै छानबिनका लागि आग्रह गर्यो ।

 

त्यसैगरी असोज १६ गते महान्यायाधिवक्ता कार्यालय तथा असोजकै १८ र २० गते गृह मन्त्रालयले पनि डाक्टरको रिपोर्टबारे छानबिन गर्न नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्यो ।

 

यी पत्रहरुका आधारमा काउन्सिलले असोज १९ गते काउन्सिलका सदस्य डाक्टर कालुसिंह खत्रकिो संयोजकत्वमा फरेन्सिक विज्ञ हरिहर वस्ती, प्रसुती रोग विशेषज्ञ डाक्टर मधु तुम्बाहाम्फे तथा स्वास्थ्य मन्त्रालयका कानुन हेर्ने उपसचिव पुष्करराज नेपाल सम्मिलत छानबिन समिति बनायो ।

 

त्यो समितिले असोज २३ गते काउन्सिललाई प्रतिवेदन दिँदै अञ्चल अस्पतालका डाक्टरहरु विजयकुमार सिंह र रम्भा गोइतले गम्भीर लापरवाही तथा चिकित्सकीय आचरणविपरीत गलत रिपोर्ट दिएको भन्दै कारवाहीको लागि सिफारिश गर्यो ।

 

छानबिन समितिको सिफारिशका आधारमा नेपाल मेडिकल काउन्सिलको असोज २४ गते बुधबार साँझ बसेको वोर्ड वैठकले जनकपुर अञ्चल अस्पतालका दुई डाक्टरको लाइसेन्स निलम्बन गर्दै चिकित्सकीय कामकाज गर्नबाट रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...