कालिमाटी तरकारी बजार बन्द गर्नुपर्छ : कृषिमन्त्री खनाल



हाम्रो इकोनोमि

 

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् । बजारमा अत्यधिक अनियमितता रहेको भन्दै कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताएका हुन् ।

 

कालिमाटी तरकारी बजारमा एउटाले स्टल लिएर अरुलाई नै महंगोमा भाडामा लगाउने क्रम रोक्न मन्त्रालयले ५७ वटा स्टललाई कारबाही गरेको थियो । तर तीमध्ये २५ वटाले अदालत गई खारेजीविरुद्ध अन्तरिम आदेश ल्याइसकेको मन्त्री खनालले बताए ।

 

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले भने ‘मलाइ त के लागेको छ भने कालिमाटी बजार बन्द नै गर्नुपर्छ । हामीले अनुगमन गर्‍यौं । ५७ वटा खारेज भएको थियो । तर अहिले २५ वटाले स्टे अडर लिएर आइसके । अवस्था यस्तो छ । त्यसकारण बन्द नै गर्नुपर्छ भन्ने लागेको छ । हामीले विकल्प पनि खोजेका छौँ ।’

 

मन्त्री खनालले काठमाडौंमा बिक्रीका लागि राखिएका राँगा र भैंसीका मासुमध्ये ९० प्रतिशत खानलायक नभएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले पाँचवटा राँगाभैंसीको बधशालामा अनुगमन गर्दा चारवटामा न्युनतम मापदण्ड पनि पूरा गरेको नपाइएकाले बन्द गरो बताए ।

 

‘काठमाडौंमा उपलब्ध ९० प्रतिशत रागा र भैंसीका मासु खानलायक छैन । ५ वटामा अनुगमन गर्दा ४ वटा बन्द गरेका छौं, न्युनतम मापदण्ड पनि लागू गरेको पाइएन’ उनले भने । राँगाभैंसीको तुलनामा खसी र कुखुराको मासु केही सफा रहेको मन्त्री खनालले बताए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...