कालिमाटी तरकारी बजार बन्द गर्नुपर्छ : कृषिमन्त्री खनाल



 

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् । बजारमा अत्यधिक अनियमितता रहेको भन्दै कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताएका हुन् ।

 

कालिमाटी तरकारी बजारमा एउटाले स्टल लिएर अरुलाई नै महंगोमा भाडामा लगाउने क्रम रोक्न मन्त्रालयले ५७ वटा स्टललाई कारबाही गरेको थियो । तर तीमध्ये २५ वटाले अदालत गई खारेजीविरुद्ध अन्तरिम आदेश ल्याइसकेको मन्त्री खनालले बताए ।

 

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले भने ‘मलाइ त के लागेको छ भने कालिमाटी बजार बन्द नै गर्नुपर्छ । हामीले अनुगमन गर्‍यौं । ५७ वटा खारेज भएको थियो । तर अहिले २५ वटाले स्टे अडर लिएर आइसके । अवस्था यस्तो छ । त्यसकारण बन्द नै गर्नुपर्छ भन्ने लागेको छ । हामीले विकल्प पनि खोजेका छौँ ।’

 

मन्त्री खनालले काठमाडौंमा बिक्रीका लागि राखिएका राँगा र भैंसीका मासुमध्ये ९० प्रतिशत खानलायक नभएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले पाँचवटा राँगाभैंसीको बधशालामा अनुगमन गर्दा चारवटामा न्युनतम मापदण्ड पनि पूरा गरेको नपाइएकाले बन्द गरो बताए ।

 

‘काठमाडौंमा उपलब्ध ९० प्रतिशत रागा र भैंसीका मासु खानलायक छैन । ५ वटामा अनुगमन गर्दा ४ वटा बन्द गरेका छौं, न्युनतम मापदण्ड पनि लागू गरेको पाइएन’ उनले भने । राँगाभैंसीको तुलनामा खसी र कुखुराको मासु केही सफा रहेको मन्त्री खनालले बताए ।

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ