अर्घाखाँचीमा धार्मिक तथा शैक्षिक मेला



हाम्रो इकोनोमि

 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको कालिका नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आजदेखि शुरु हुने ‘शैक्षिक तथा धार्मिक मेला’को ब्यानरको लोकार्पण गर्दै उक्त मेलालाई सफल बनाउन आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता रायमाझीले भन्नुभयो ‘यस्ता महोत्सवले शैक्षिक तथा अन्य धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’ फरक प्रसङ्गमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त छ भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताउनुभयो । उहाँले सरकारले विकास र समृद्धिको एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले महोत्सवले हिन्दू धार्मिक क्षेत्रको पहिचानलाई प्रस्फुटित गर्ने बताउनुभयो ।
राष्ट्रिय शान्ति पितृ मोक्षका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, सहस्र शालिग्राम पूजा र ११०० शान्ति कलश पूजन आयुर्वेदिक औषधबारे पनि महोत्सवमा प्रवचन गरिने जनाइएको छ । यही असोज ३१ गतेसम्म चल्ने महायज्ञमा पं नरेश नेपालले भागवत गीता वाचन गर्ने बताइएको छ । शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञमा दाताबाट प्राप्त दान कालिका नेरामावि प्राविधिक शिक्षा तथा सुविधासम्पन्न विद्यालय सञ्चालनमा खर्च गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...