सिंहदरबारभित्रै ठेकेदारको ठगी : तीन महिनामै चुहियो संसद् सचिवालय



हाम्रो इकोनोमि

 

निर्माण कम्पनीहरूले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै गुणस्तरहीन काम गर्ने गरेका छन् । संसद् सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता ओढेर काम गरे, कागजपत्र प्लास्टिकले ढाकेर जोगाए ।

 

ब्राइट कन्स्ट्रक्सन र ज्ञानज्योति निर्माण कम्पनीले गत चैतमा सचिवालयको भवन नम्बर २ को पाँचौँ तला निर्माण गरेका हुन् । ९ वैशाख ०७४ मा तीन करोड ७८ हजारको संयुक्त ठेक्का लिएर थालिएको निर्माण कार्य गत चैतमा सकिएको थियो । तर, असार सुरु हुनासाथ भवन चुहिएको छ ।

 

‘निर्माण कम्पनीले गत चैतमा सचिवालयलाई भवन हस्तान्तरण गर्‍यो,’ सिंहदरबार सचिवालय पुनर्निर्माण समितिकी सूचना अधिकारी आरती पौड्यालले भनिन्, ‘तर, यो बर्खाभर पानी चुहिएर कर्मचारी बस्न र भवनका सामान जोगाउन मुस्किल पर्‍यो ।’

 

सचेत गराएपछि टालटुल गरेर पन्छिए ठेकेदार
बर्खाभर पानी चुहिएर हैरान भएपछि पुनर्निर्माण समितिले निर्माण कम्पनीलाई सचेत गराएको थियो । तर, ठेकेदारले थोरै टालटुल गरेर झारा टार्‍यो, ‘चुहियो भने फेरि खबर गर्नु’ भनेर जिम्मेवारीबाट पन्छियो । तर, पानी पर्दा भवन अहिले पनि चुहिने गरेको छ ।

 

‘हामीले पानी चुहिएकोबारे कम्प्लेन गरेपछि उहाँहरू आएर टालटुल पारेर जानुभयो । फेरि चुहियो भने तुरुन्त फोन गर्नुस् भनेको छ,’ सूचना अधिकारी पौड्यालले भनिन् । निर्माण सम्पन्न भएको एक वर्षसम्म केही समस्या आए निर्माण कम्पनीले बेहोर्ने सम्झौता छ ।

 

प्लास्टिक र छाताले पानी छेकेर बर्खा टारियो

इन्द्रविलास पौडेल, उपसचिव, संसद् सचिवालय
बर्खा सुरु भएपछि पानी चुहिन सुरु भयो । मैले आफ्नो कार्यकक्षमा प्लास्टिक र छाताले छेकेर डकुमेन्ट जोगाएँ । पानी चुहिएका कतिपय ठाउँमा बाल्टी पनि थाप्नुपर्‍यो । बाल्टी भरिएपछि पानी फाल्दै, फेरि थाप्दै गरेर बर्खा काटियो । पानी चुहिएको जानकारी गराएपछि निर्माण कम्पनीले कामदार पठाएर टालटुल पारेर गएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...