देउवा निरंकुश भएको भन्दै केन्द्रीय समिति बैठक सिटौला पक्षले बहिस्कार गर्ने



हाम्रो इकोनोमि

 

पार्टी सभापति शेरवहादुर देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् ।

 

नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती गरेको र यसको संकेत आगामी महासमिति लगायतका संरचनामा पनि यही ढंगले जाने देखिएकाले बैठक बहिस्कार गर्न लागिएको सिटौला निकट स्रोतले जनाएको छ ।

 

देउवा निरंकुश ढंगले अघि बढ्न लागेको भन्दै सिटौलाले सोमवार साँझ रामचन्द्र पौडेल र प्रकाशमान सिंहलगायतका नेताहरुसँग छलफल गरेका थिए ।

 

उनीहरुसँगको छलफलपछि बुधवार बस्ने केन्द्रीय समिति बैठक बहिस्कार गर्ने सन्देशसहित सिटौला विराटनगर प्रस्थान गरेका छन् । स्रोतका अनुसार सिटौला पक्षले बैठक बहिस्कार गर्नेछ ।

 

सिटौला पक्षको बहिस्कार घोषणासँगै रामचन्द्र पौडेल पक्ष पनि नैतिक संकटमा परेको दावी सिटौला निकट नेताहरुको छ । नेविसंघको विधानमा आंशिक संशोधन गर्दा संस्थापन पक्षले आफू इतर पक्षलाई हेरेरमात्र बहुमतको आडमा एकलौटी गरेको सिटौला पक्षको आरोप ।

 

सिटौला निकट स्रोतले भन्यो–नेविसंघ एउटा टेस्ट केसमात्र हो । अब देउवा पक्षले सभापतिलाई निरंशकुश बनाउने रेडिमेड बिधान केन्द्रीय समितिमा यसैगरी पास गरेर महासमितिमा लैजान्छ ।

 

महासमितिमा खरिद-विक्रीबाट बिधान पास गर्ने र पार्टी कब्जा गर्ने योजनाको मतियार हुन्न भनेर सिटौलाले बैठक बहिस्कार गरेका हुन् । अब रामचन्द्रमाथि चुनौति थपिएको छ ।

 

कांग्रेसमा सभापतिको अधिकार कटौति गर्नुपर्ने भन्नेमा पौडेल र सिटौला पक्षको एकमत छ । तर, देउवा पक्ष सभापतिलाई थप अधिकार दिएर बिधान संशोधनको प्रयासमा छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...