बाख्रा चराएर घर फर्किदै गरेकी किशोरी दोस्रो पटक बलात्कृत



हाम्रो इकोनोमि

 

 

जङ्गलबाट बाख्रा चराएर घर फर्किदै गरेकी स्याङजाकी एक किशोरी बलात्कृत भएकी छन् ।

 

सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ४८ वर्षे जुद्धबहादुर भण्डारीलाई प्रहरीले पक्रेको छ । पुतलीबजार नगरपालिका–१४ निवासी बालिकालाई बाख्रा चराएर घर फर्कने क्रममा उनले करणी गरेको प्रहरीले जनाएको छ ।

ती बालिका गत शुक्रबार आफ्ना बाबुसँग जङ्गलमा वस्तु चराउन गएकी थिइन् । करिव २ बजेतिर बाबुले बाख्रा लिएर घर गएपछि बालिका एक्लै गोरु चराउँदै थिइन् । त्यही बेला छिमेकी भण्डारीले पैसाको लोभ देखाएर करणी गरेको प्रहरीले जनाएको छ ।

‘जङ्गलमा बालिकाको मुख थुनेर कसैलाई नभन्नु भनेर धम्की दिई करणी गरेको थाहा भएको छ’, प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने, ‘भण्डारीले चाउचाउ खाउ भनेर ३ वटा २० रुपैयाँको नोट दिएर फकाउने प्रयास गरेको देखिएको छ ।’

घर फर्केपछि नुहाउने क्रममा पीडित बालिकाले यौनाङ्गमा पीडा भएको बताएपछि आमा बुबाले सोधखोज गरेका थिए । सोधखोज गर्ने क्रममा घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको हो ।

अभिभावकको किटानी जाहेरी बमोजिम आरोपितलाई करणी मुद्दामा ३ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । ती बालिका ६ वर्ष पहिले पनि करणीमा परेको बताइएको छ ।

 

साविक पुतलीबजार नगरपालिकाका–८ का ४७ वर्षे मेगबहादुर भुजेलले नाबालिका ११ वर्षको हुँदा करणी गरेका थिए । भुजेल हालसम्म फरार छन् । जिल्ला अदालतले पीडक मेगबहादुर भुजेललाई १५ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...