बाघको छाला तस्करीमा सैनिक जवान, चार पक्राउ



हाम्रो इकोनोमि

 

नेपाली सेनाका दुई जवान सहित चार युवा बाघको छालासहित पक्राउ परेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

स्याङ्जा स्थायी घर भइ हाल धादिङको बैरेनी ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान सोमराज श्रेष्ठ, भद्रकालीस्थित विकास निर्माण बाहिनीमा कार्यरत जवान गोरखाका सलिम मिया, कपिलवस्तुका राजन थापा र अर्घाखाँचीका मानबहादुर नेपाली पक्राउ परेका हुन् ।

 

कपिलवस्तुबाट काठामाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरु सोमबार राति थानकोटस्थित नागढुंगाबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले पूर्व सूचनाको आधारमा उनीहरुलाई नागढुंगास्थित पिपलबोटबाट पक्राउ गरेको बताएको छ ।

प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए अनुसार अभियुक्त चारजनाले कपिलवस्तुबाट काठमाडौं छाला कारोवार गर्ने क्रममा थिए । साथै उनीहरुले काठमाडौंमै उक्त छाला ७६ लाख रुपैयाँमा बिक्रीको तयारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...