बझाङमा जीप दुर्घटना, २ जनाको मृत्यु १२ घाइते



हाम्रो इकोनोमि

 

जिल्लाको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

 

आज बिहान बागथलाबाट बिजगडा जाने क्रममा ठिमीबगर भन्ने ठाउँमा  साढे ६ बजे से १ ज ७२६ नम्बरको  जीप दुर्घटना हुँदा २ जनाको मृत्यु र १२ जना घाइते भएका हुन् ।

 

मृत्यु हुनेमा कञ्चनपुर बेदकोट वडा नम्बर ५ बस्ने बर्ष ५६ का  धन बहादुर बोहरा र सोही ठाउँका बर्ष ६५ की बिष्ना देवि बोहरा रहेको प्रहरीले जनाएको छ ।

 

जीपमा सवार गर्दै आएका १४ जना मध्ये  २ जनाको घटनास्थलमै मृत्यु भएको र जम्मा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले बताए ।

जीप सडकभन्दा २०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...